हराएको अन्डा

हराएको अन्डा

आखिरी अन्डा पनि हराएपछि कुखुरी छटपटाउन थाली । उसले धेरै अन्डा पारेकी थिई । तर कुनै कौवाले खायो, कुुुुनै बिरालोेले । बल्लतल्ल एउटा बाँकी थियो । चारा खोज्न जाँदा त्यो पनि हरायो । झाङमा खोजी । रूखमुनि खोजी । पोखरी र खोलामा हेरी । अहँ तर कतै भेटिएन ।

shyam k khuliuli

उसले सबतिर खोजी । वनको परसम्म गएर खोजी । तैपनि फेला परेन । ऊ आत्तिई ।‘कसैले पो चोर्‍यो कि ? ’ ऊ मनमनै फतफताउँदै हराएको अन्डा खोज्न वनतिर दौडी । जाँदाजाँदै उसले एउटा खरायो भेटी । खरायो वनबाट घर जाँदै थियो र गाँजर लिएर आउँदै थियो । ‘मेरो अन्डा हरायो । तिमीले देखेका छौ ? ’ उसले खरायोलाई सोधी ।

‘अहँ मैले त देखिनँ । म हतारमा छु । पर हात्ती छ । उसैसँग सोध’, खरायो गाँजर टोक्दै त्यहाँबाट बुर्कुसी मार्‍यो ।कुखुरा अगाडि बढी । उसले पर एउटा हात्ती देखी । हात्ती जंगलमा डुल्दै थियो । ऊ खानेकुरा खोज्दै थियो ।‘मेरो अन्डा हराएको छ, कतै तिमीले देख्यौ ? ’ उसले हात्तीलाई सोधी ।‘अहँ मैले देखिनँ । पर काग छ, त्यसैलाई सोध’, हात्तीले भन्यो र रूखको हाँगा भाँच्दै खान थाल्यो । कुखुरा अगाडि बढी । पर एउटा काग भेटी । काग रूखमा बसिरहेको थियो ।

उसले कागलाई परैबाट सोधी, ‘मेरो अन्डा हरायो । तिमीले देख्यौ त ? ’
‘अहँ । मैले त देखिनँ । पर मेरो साथी हाँस छ । उसैलाई सोध ।’ कागले भन्यो र चारो खोज्न गयो ।
कुखुरा फेरि अगाडि बढी ।
पर पुगेपछि उसले एउटा हाँस भेटी । हाँस पोखरीमा पौडिरहेको थियो ।
‘मेरो अन्डा हरायो । तिमीले देख्यौ कि ? ’ कुखुराले हाँसलाई सोधी ।

‘अहँ । मैले त देखिनँ त । पर वनभाले छ । त्यसैलाई सोध न’, हाँसले जवाफ दियो र पानीमा डुबुल्की मार्दै माछा खोज्न थाल्यो ।

त्यसपछि कुखुरा पर गई । त्यहाँ उसले एउटा भाले देखी । भालेले घाँटीमा एउटा झोला भिरेको थियो । नजिक आइपुगेपछि मात्र थाहा भो त्यो त आफ्नै भाले पो रहेछ । त्यसलाई देख्नेबित्तिकै कुखुराले सोधी, ‘गुँडमा छाडेको अन्डा हरायो । चारा खोजेर फर्किंदा त अन्डै थिएन । कतै तिमीले पो देख्या छौ कि ? ’

‘ए ! त्यो त मैले यो झोलामा राखेर हिँडेको छु’, भालेले भन्यो ।
‘किन नि ? म त हरायो भनेर कति आत्तिएँ । कति खोजिसकेँ’, सन्तोषको सास फेर्दै कुखुराले भन्यो ।
‘अन्डा किन झोलामा राखेको नि ? ’ कुखुरीले फेरि सोधी ।
‘तिमी जानेबित्तिकै एउटा सर्प आयो । धन्न म त्यहीँ भएर त्यसले अन्डा खान पाएन । त्यसलाई भगाएपछि मैले अन्डा झोलामा राखेर हिँडेँ’, उसले भन्यो र अन्डा निकाल्न झोलाभित्र हात घुसार्‍यो ।
तर भाले आत्तियो ।
‘झोलाभित्र त अन्डा छैन नि । यी फुटेको बोक्रा मात्रै छ’, भालेले भन्यो ।
‘फेरि कहाँ हरायो त ? झोलाभित्रको चल्ला कसरी हरायो ? ’ कुखुरीले मुख निन्याउरो पार्दै भनी ।
‘मैले त झोलाभित्रै राखेको थिएँ । कता हरायो त ? ’ भालेले गम्भीर भई भन्यो ।
‘जाऔं खोज्न’, कुखुरीले भनी ।
‘चीँ चीँ । म यहाँ छु’, त्यसै बेला नजिकैको घाँसे झाङबाट आवाज आयो ।
‘होइन, यो आवाज कहाँबाट आयो ? कुखुराले वरपर हेर्दै भन्यो’, भालेले पनि कान ठाडो पार्दै झाङतिर हेर्न थाल्यो ।
‘म यहीँ छु’, भर्खरै फुटाएर अन्डाबाट निस्केको चल्ला चीँ चीँ गर्दै बोल्यो । चल्ला देखेर भाले र कुखुरी दंग परे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.