दल दर्ता १८ गतेसम्म
काठमाडौं: निर्वाचन आयोगले दर्ता भएका दललाई आगामी स्थानीय निर्वाचनमा भाग लिन फेरि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै यसअघि दर्ता दलका लागि मात्रै छोटो समय राखी दल दर्ता आह्वान गरेको छ ।
आयोगले स्थानीय तहको निर्वाचनका लागि नयाँ दल दर्ता भने खुला नगरेको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम दर्ता भई आफू क्रियाशील जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूलाई मात्र आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।
‘आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन फागुन १८ गतेसम्म कान्तिपथ काठमाडौंस्थित यस आयोगमा निवेदन दिने व्यवस्था गरिएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘यसरी निवेदन दर्ता गराउने राजनीतिक दलहरू नेपालको संविधानको धारा २७१ बमोजिम स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएको मानिनेछ ।’
प्रतिक्रिया दिनुहोस !