दोहोरो गोली हानाहानमा आइएका लडाकू व्यक्ति मारिए

दोहोरो गोली हानाहानमा आइएका लडाकू व्यक्ति मारिए

इन्डोनेसिया: इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेटसँग आवद्ध एक व्यक्ति मारिएका छन्।

सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका हुन।

जाभा द्विपको बन्डुङ्ग सहरमा भएको यस घटनामा आइएस आवद्ध व्यक्ति बाहेक अरु कसैको पनि हताहतको खबर नभएको जनाइएको छ।

सरकारी कार्यकालको विपरित दिशामा दोहोरो गोली हानाहान हुनुभन्दा पहिले एक पार्कमा प्रेसर कुकर बम विस्फोट भएको थियो।

स्थानीय समयाअनुसार सो बिहान ८:३० बजे विस्फोट गराइएको थियो। सुरक्षा अधिकारीसँग दोहोरो गोली हानाहानपछि पेटमा गोली लागेर घाइते भएका ती व्यक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

प्रहरीका अनुसार ती आक्रमणकारी आइएस समर्थक सञ्जाल 'जमाआह एनशारुत दउलाह'का सदस्य र रहेका सो सञ्जालले मुसलमानको बाहुल्यता रहेको यस देशमा गतवर्ष शृङ्खलाबद्ध रुपमा बारम्बार आक्रमण गरेको दाबी गरेका थिए। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.