पशुपति पेन्ट्सको विजेता घोषणा

काठमाडौं: पशुपति पेन्ट्सले दसैं तिहारको अवसरमा आयोजना गरेको 'पशुपति पेन्ट्स महापर्वको रंगोत्सव' योजनाका विजेता घोषणा गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक महेशकुमार मुरारकाले विजेतालाई बधाइ दिए ।
भाद्र १५ देखि मंसिरको अन्तिमसम्म आयोजना भएको उक्त योजनामा सान्त्वना पुरस्कार विजेता १६ जनाले १० तोला चाँदी । छैटौं पुरस्कारका रुपमा ८ जनाले ५ ग्राम सुन, पाँचौं पुरस्कार विजेता ८ जनाले स्मार्टफोन, चौथौं पुरस्कार विजेता चार जनाले दुई सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कार विजेता चार जनाले वासिङ मेसिन पाएका थिए ।
त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ इञ्चको स्मार्टफोन हात पार्नेछन् । उपहार योजनाको बम्पर उपहारका रुपमा ३५० सीसीको रोयल इन्फिल्ड मोटरसाइकल एक जनालाई प्रदान गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
