हिउँको सडकमा कुकुरको हजार माइल दौड (फोटोफिचर)

हिउँको सडकमा कुकुरको हजार माइल दौड (फोटोफिचर)

एजेन्सी: संयुक्त राज्‍य अमेरिकाको आलास्कास्थित एंकरेज शहरमा शनिबारदेखि कुकुरहरु हजार माइल दौड प्रतियोगिता सुरु भएको छ। आलास्कास्थित एंकरेज शहरमा शनिबार दर्जनौ कुकुरहरु हजार माइल दौडमा भाग लिएका छन्।

ध्रुवीय प्रदेशमा पाइने ती कुकुरहरुलाई दौडिन त्यहा उपस्थित मानिसले ताली बजाएर हौसला प्रदान गरेका थिए। उक्त दौड प्रतियोगीता आलस्काको सुनसान क्षेत्रमा हुने गर्दछ।

करीब १६१० किलोमिटरको लामो खास दौड प्रतियोगिता भने सोमबार फेयरबैंक्समा हुँदैछ। यसको अन्तिम भीडन्त समुद्री किनारमा रहेको शहर नोममा हुदैछ। हिउँदको समयमा गाडी तान्‍न निक्कै सिपालु करीब २ हजार कुकुरले दौड प्रतियोगीतामा भाग लिएको बीबीसीले जनाएको छ।

पछिल्लो तीन वर्षदेखि 'इडिटारोड डग रेस'को औपचारिक सुरुवात एंकरेजको सट्टा फेयरबैंक्समा हुँदैछ। यो प्रतियोगीता पहाडी इलाकादेखि सुरुवात भएर समतलमा पुग्‍ने बताइएको छ।

कुकुरहरुको दौड प्रतियोगिता सन् २००३मा पहिलो पटक भएको थियो। तयसपछि सन् २०१५ मा दोस्रो पटक भएको थियो भने यो तेस्रो पटकको दौड प्रतियोगिता हो।

यो प्रतियोगीताको गर्नुको रहस्य निक्‍कै रोचक रहेको छ। प्रतियोगितामा सहभागी कुकुर र उसको गाडीको लोकेशन जीपीएस टेक्नोलोजीबाट ट्र्याक गर्ने गरिन्छ। जसले गर्दा विश्‍वभरका मानिसहरुले इन्टरनेटमार्फत हेर्न सकिन्छ।

चिसो हिउँमा शून्यदेखि ४० डिग्री फरेनहाइट तलसम्‍म हुन्छ। उक्त दौड प्रतियोगिता पूरा गर्न टोलीलाई करिब नौ देखि १७ दिन लाग्‍ने गर्दछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.