रोचक प्रसंगहरू

 रोचक प्रसंगहरू


शंकाले हराउँछ


नेपोलियन बोनापार्ट त्यो महान् योद्धाको नाम हो जसले अस्तव्यस्त फ्रान्सलाई ठीकठाक पारे र प्रगतिपथमा हिँडाए । बोनापार्ट एक अधिकारीका रूपमा सेनामा प्रवेश गरेका थिए, पछि आफैंले आफैंलाई फ्रान्सको राष्ट्रप्रमुख घोषणा गरे । उनको सफलताको कारण आत्मविश्वासलाई लिइन्छ । उनी अति नै आत्मविश्वासी थिए । उनको आत्मविश्वासको झल्को यो प्रसंगमा पाइन्छ ।

एकपटक उनले आफ्ना सेनापतिलाई एक युद्ध लड्न सुझाए, जहाँ विपक्षी सेनाको संख्या झन्डै तीन गुणा थियो । सेनापतिले भने, ‘जर्नेल विपक्षी सेनाको संख्या हाम्रोभन्दा तीन गुणा बढी छ तैपनि तिमी युद्ध लड्न भन्छौ । हामीले जित्न मुस्किलप्रायः छ ।'
नेपोलियनले जवाफ दिए, ‘तिमी अहिल्यै हारिसक्यौ सेनापति किनभने तिमीले विजयमा शंका गर्‍यौ । छाड यो युद्ध म आफैं लड्छु ।'
अन्त्यमा नेपोलियनले युद्ध जितिछाडे ।

जगको ढुंगा

भारतीय राजनीतिज्ञ लालबहादुर शास्त्री ठूला समाजसेवी थिए तर उनी सकेसम्म आफ्नो नाम चर्चामा नआओस् भन्ने चाहन्थे । उनको लोकप्रियताप्रतिको अरुचि देखेर एकदिन उनका साथीले सोधे, ‘शास्त्रीजी तपाईंलाई पत्रिकामा नाम आउँछ भनेर किन डर लाग्छ ? '

केहीबेर सोचेर शास्त्रीले जवाफ दिए, ‘मित्र मलाई लाजपात रायको एउटा भनाइ सधैं सम्झना हुन्छ ।' उनले भनेका थिए, ‘ताजमहलमा दुई प्रकारका ढुंगा छन् । एउटा टलक्क टल्कने सिंगमरमरको ढुंगा जसलाई संसारले देख्छ, फोटो खिच्छ, चर्चा गर्छ । अर्को ढुंगा ताजमहलको जगमा लगाइएको छ, जसको जीवनमा केवल अँध्यारो हुन्छ तर उसले नै ताजमहल अड्याएको हुन्छ । मित्र म त्यहीं जगको ढुंगा बन्न चाहन्छु ।'

काममै मग्न

रवीन्द्रनाथ टैगोर कविता लेख्न मग्न थिए । त्यहीबेला एक डाँकु आएर चक्कु हल्लाउँदै भन्यो, ‘पख् ! आज म तेरो इहलीला समाप्त पारिदिन्छु ।'
टैगोरले यसो हेरेर जवाफ दिए, ‘जे मन लाग्छ गर्नु तर अहिले म कविता नै लेख्छु । खुब मुड चलिरहेछ । सुन्दर भाव आइरहेछ ।' डाँकु त्यो मग्नता देखेर प्रभावित भएर टैगोरको पाउ पर्‍यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.