अण्डा र टमाटरको बोक्राबाट अब कार-बाइकको टायर !
एजेन्सी: प्राय सवारीको टायर ब्ल्याक कार्बन तथा पेट्रोलियम पदार्थबाट बनेको हुन्छ। कार-बाइकको टायर अण्डा र टमाटरको बोक्राबाट के तपाई पत्याउनु हुन्छ ? तर अब शोधकर्ताहरुले पेट्रलियम पदार्थको सट्टामा अण्डा र टमाटरको बोक्राबाट बन्ने तथ्य पत्ता लगाएका छन्।
अमेरिकाको ओहियो स्टेट यूनिभर्सिटीका शोधकर्ताहरुले यस्तो प्रकारको खाद्यपदार्थबाट गाडीको टायर बन्न सक्ने प्रविधिहरु पेश गरेका छन्। जसले पेट्रोलियम पदार्थको ठाउँमा शतप्रतिशत काम गर्नेछ।
अनुसन्धानकर्ता कटरिना कार्निशका अनुसार यो एकदमै नयाँ तरिका हो जसको माध्यमबाट टायर उत्पादन हुने हुनुका साथै बलियो र टिकाउ पनि हुनेछ। कार्निशले टायर निर्माणका लागि टमाटर र अण्डालाई प्रमुख स्रोत मानेका छन्। उनले भनेका छन् 'सवारीको टायरमा करीब ३० प्रतिशत कार्बन ब्ल्याक रहेको हुन्छ। तर अण्डा र टमाटरमा एक शताब्दी टिक्ने कार्बन समावेश रहेको हुनछ।'
उनले अब टायर बनाउन प्राकृतिक खाद्यपदार्थको आवश्यकता रहेको र जलवायु परिवर्तनलाई सहयोगी हुने वातावरण निर्माणमा जुट्नुपर्ने तर्क गरेका छन्।