यी हुन् विश्‍वकै खतरनाक महिला सिपाही भएका देश

यी हुन् विश्‍वकै खतरनाक महिला सिपाही भएका देश

एजेन्सी: आज १०७ औ अन्तराष्ट्रिय नारी दिवस। थुप्रै देशमा नारीहरु भात भान्सा अनि चुलो चौकोमा मात्रै सिमित नरहेर देशको सुरक्षा फौजमा रहेर उदाहरणीय काम गरिरहेका छन् । ती महिला विश्‍वका खतरनाक सेनामा गनिन्छन्।

इजरायल
इजराइलको आवादी क्षेत्रमा करीब ८६ लाख जनसंख्या रहेको छ। जसमा करिब ३१ लाख सैनिक रहेका छन्।

त्यसमध्ये पुरुष १५ लाख ५४ हजार पुरुष सेना रहेका छन् भने १५ लाख १४ हजार महिला सेना रहेका छन्। इजराइल एउटा यस्तो देश हो जहाँ महिला र पुरुष सेनाको संख्या बराबर रहेको छ।

चीन
चीनमा सयौ वर्षदेखि महिला सेनाको संख्या बढिरहेको छ। चीनमा आर्म्ड फोर्सको संख्या २२ लाख ८५ हजार रहेका छन्। जसमध्ये २ लाख महिला सेना  रहेका छन्।


अमेरिका
अमेरिका सबैभनदा शक्तिशाली देश हो। यहाँका महिलाहरु पुरुष बराबर सेनामा काम गरिरहेका छन्। उनीहरुले पुरुष जत्तिकै तालिम र सैन्य कलामा पोख्त छन्। यहाँ महिला सेनाको संख्या २ लाख रहेको छ।

रूस
रुसमा पनि महिलाहरु सेनामा अमेरिकाको तुलनामा बराबरीको संख्यामा रहेका छन्। २ लाख महिलाहरु सेनाका कार्यरत छन्।

फ्रान्स
फ्रान्समा पनि महिलाले धेरै वर्षदेखि योगदान दिँदै आएका छन्। यहाँ करीब ८० हजार महिलाहरु सेनामा कार्यरत छन्।

यूक्रेन
रुसमा बढ्दै गएको तनावपछि युक्रेनले घरैपिच्छे एक जना महिलालाई सेनामा भर्ती गर्ने नियम लागू गरेको छ। यही कारण यहाँको सेनामा महिलाको संख्या ५० हजार रहेको छ।

बेलायत
बेलायतमा दोस्रो विश्‍व युद्धपछि महिलालाई सेनामा भर्ना लिन थालियो। तर यहाँ महिला सेनाको संख्या २० हजार मात्रै रहेको छ।

पोल्याण्ड
पोल्याण्डमा महिला सैनिकको भर्ती पछिल्लो समयमा बढ्दै गएको छ। यहाँ अहिले महिला सैनिकको संख्या २५ हजार पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.