एनसेल विवाद

एनसेल विवाद

आर्थिक अनियमितता र करछली मुलुकले सामना गर्ने गरेका ठूला अपराध हुन् । त्यसले सरकारलाई ठूला आर्थिक क्षति पुर्‍याउने गरेको छ । तर सरकारकै मिलेमतोमा यस्ता अपराध हुन थाले भने अपारदर्शिता र राजनीतिक लुट मुलुकको नियति बन्न पुग्छ । अपारदर्शी तरिकाले कुनै ‘व्यापारी डिल' मा कर मिनाहा गर्दा सरकारले एउटा कम्पनीलाई फाइदा पुर्‍याएको हुन सक्छ, तर त्यसवापत सरकारका मन्त्री या निकायहरूले के, कस्ता र कति फाइदा लिएका छन्, त्यो सार्वजनिक बहस, विवाद र आवश्यक पर्दा छानबिनको विषय बन्नैपर्छ ।

मन्त्रिपरिषद्ले बुधबार ‘एनसेल' स्वामित्व खरिद–बिक्री प्रकरणमा बिक्रेता कम्पनी टेलियासेनेरालाई नेपाल सरकारलाई दिनुपर्ने ३३ अर्बको लाभकरको लागि जिम्मेवार ठहर गरेको छ । टेलियासेनेराले एक खर्ब ४० अर्ब रुपैयाँमा करिब ८० प्रतिशत सेयर (स्वामित्व) मलेसियाको आजियटा कम्पनीलाई बेचेपछि नेपाल सरकार बिक्रीपछिको लाभकरबाट वञ्चित रहँदै आएको छ ।

आजियटाको ‘आउट फिट' एनसेलले करछली गरेको भन्दै संसद्को अर्थ समितिले उसलाई ‘फोर जी' लगायतका सेवा चलाउने अनुमति दिएर एक किसिमले दण्डित गरेको छ भने अर्कोतिर मन्त्रिपरिषद्ले संसद्को त्यो निर्देशनविपरीत एनसेललाई करमुक्ति दिने निर्णय गरेको छ, मुलुकको सीमा र कानुनभन्दा धेरै टाढा रहेको टेलियासेनेरालाई कर तिर्नुपर्ने आदेश दिएर । खरिदपछि नै टेलियासेनेराले यो प्रकरणमा उसको कुनै दायित्व नरहेको सार्वजनिक अभिव्यक्ति दिएको छ ।

कम्पनी खरिदबिक्रीमा ‘कर फस्र्योट' एउटा अनिवार्य र महत्वपूर्ण कानुनी बाध्यता हो । अजियटाले टेलियासेनेरासँग एनसेल खरिद गर्दा कर फस्र्योटबारे केकस्ता लिखित सहमति भएका छन्, त्यसको अध्ययनबाट नेपाल सरकारले पाउनुपर्ने ३३ अर्ब करको दायित्व कसको, त्यो स्पष्ट हुनेछ । के सरकारले त्यसको अध्ययन गरेको छ ? अर्को यो विषय मन्त्रिपरिषद्को हो, विभागीय कारबाहीको क्षेत्राधिकारमा आउँछ ? सम्बन्धित विभागको निर्णयलाई प्रभावित गर्न मन्त्रिपरिषद्ले हस्तक्षेप गरेको हो भने त्यो आफैंमा आर्थिक अपराध र अवैध निर्णय बन्न जान्छ ।

यसले तत्कालको लागि अर्थमन्त्री कृष्णबहादुर महरालाई करछलीमा दोषी व्यक्तिका रूपमा प्रस्तुत गर्नेछ र यो समग्र प्रकरणमा उनको निजी स्वार्थ के हो ? उनी जवाफदेही बन्नुपर्छ त्यसबारे । मन्त्रिपरिषद्मै यसबारे विवाद भएको, सम्बन्धित दस्ताबेज मन्त्रीहरूलाई नबाँडी ठाडो आदेशमा स्वीकृति लिने नियत देखिएको र केही मन्त्रीले उठाएको आपत्तिलाई बेवास्ता गर्दै एनसेललाई बचाउ गरी आफ्नो क्षेत्राधिकारबाहिर रहेको टेलियासेनेरालाई करदाताको दायित्व बुझाइएकाले मन्त्री महरा यो समग्र प्रकरणमा दोषी मानिनेछन् । ३३ अर्ब रुपैयाँको करछलीमा या मुलुकलाई ठग्ने यो कार्यमा सम्बन्धित विभागले विभागीय मन्त्री या मन्त्रिपरिषद्को निर्णयलाई मान्नु राष्ट्र, कानुन र संविधानविपरीत मानिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.