अमैत्री व्यवहार

अमैत्री व्यवहार

भारतको सीमावर्ती क्षेत्रनजिक बस्ने आम नेपाली सीमापारिका सुरक्षाकर्मी, खासगरी सीमा सुरक्षा बलबाट पीडित रहिआएका छन् । भारतबाट काम गरेर फर्केका, सामान्य आवतजावत गर्ने र बजारबाट आफ्ना प्रयोगको लागि सामान किनेर ल्याउनेहरू अक्सर आपत्तिजनक व्यवहारबाट सताइने गर्छन् । नेपाली सीमाभित्रै घुसेर खानतलासी लिने, गिरफ्तार गर्ने, लामो हिरासतमा राति नेपालीलाई यातना दिने घटना अनेकौं छन् । सीमावर्ती क्षेत्रका नेता र दलहरूले जनताको सुरक्षा र सम्मानसँग जोडिएका त्यस्ता घटनाप्रति दरो अडान नलिँदा यस्ता घटना कम हुनुको साटो बढ्दै गएका छन् ।

त्यस्तै दसगजाभित्र र सीमा जोडिएका क्षेत्रमा एकतर्फ रूपले अनधिकृत निर्माण हुनु, सीमास्तम्भ नियोजित तरिकाले सारिनु र विवादित सीमा समस्या समाधानमा सकारात्मक नदेखिनु भारतीय पक्षको स्थायी चरित्र बन्दै आएका छन् । यस्ता गतिविधिका कारण समग्र नेपालमा भारतप्रतिको विश्वास र सम्मानमा कमी आएको स्पष्ट देख्न सकिन्छ । त्यस्ता प्रवृत्ति अन्यत्रभन्दा मधेस तथा सीमावर्ती क्षेत्रका आम नागरिकमा देखा परेका छन्, विगत केही वर्षमा । क्षेत्रीय राजनीतिका नाममा भारतको खुला समर्थन पाएकै आधारमा ती नेताहरूले जनस्तरमा भारतप्रतिको अप्रसन्नता देख्न या बुझ्न अस्वीकार गर्दै आएका छन् ।

बुधबार भारतको त्यो हेपाहा दृष्टिले चरम रूप लियो, जब नेपाली भूमिमै कन्चनपुरका गोविन्द गौतमको प्राण गयो, भारतीय सुरक्षाकर्मीको अनधिकृत गोलीबाट । दुईपक्षीय सहमतिमा निर्माण हुन लागेको ‘कल्भर्ट' मा व्यवधान उत्पन्न भएपछि भारतीय सुरक्षाकर्मीले अनधिकृत र आपराधिक किसिमले गोली चलाएका थिए । घटनालगत्तै भारतीय दूतावासले अपराधमा पर्दा हाल्ने नियतका साथ भारतीय सुरक्षाकर्मीबाट गोली नचलेको र कुनै नेपाली नमारिएको दाबीका साथ आधिकारिक बक्तव्य जारी गर्नु अर्को खेदजनक घटना थियो ।

घटनाको भोलिपल्ट यसप्रति दुःख प्रकट गरेर भारतीय प्रधानमन्त्री तथा उनका सुरक्षा सल्लाहकारले दूतावासको त्यो आपत्तिजनक शैली र सीमापारिको गोली प्रकरणबाट उत्पन्न परिस्थितिलाई नियन्त्रणमा ल्याउन केही मद्दत पुयाए पनि यसलाई न्यायिक ढंगले सम्बोधन गर्ने चुनौती बाँकी नै छ । यसमा छानबिन आन्तरिक पक्ष हो, भारतको । एउटा भुक्तभोगीका रूपमा नेपालले अनधिकृत तथा अमैत्री शैलीमा भारत सरकारको आधिकारिकतालाई प्रतिनिधित्व गर्ने एकजना बर्दीधारीबाट एकजना युवा नागरिक गुमाएको छ ।

माफी माग्नु र सम्मानजनक क्षतिपूर्ति दिनु भारतको नैतिक दायित्व हो, भविष्यमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धताका साथ । साथै अन्तर्राष्ट्रिय मञ्च र आफ्नै आधिकारिक ‘ब्रिफिङ' मा ‘घुँडामाथि' गोली चलाएर नेपाल प्रहरीले मधेस तथा विधिन्न क्षेत्रमा मानव अधिकार उल्लंघन गरेको अभिव्यक्ति दिँदै आएको भारतले कन्चनपुर काण्डलाई मानव अधिकारप्रति उसको प्रतिबद्धताको कसीमा पनि हेर्नु आवश्यक छ । यससँगै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायहरूको व्यवहारलाई सम्मानजनक बनाउन गौतमले बगाएको रगतले प्रेरित गर्न सक्यो भने त्यो एउटा ठूलो श्रद्धाञ्जली र प्रायश्चित हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.