बालापनको होली

बालापनको होली

भाइबहिनीहरू हो, आज रगंहरूको पर्व होली हो । यसलाई अन्याय र अत्याचारमाथिको विजयको पर्वको रुपमा मनाइने गरिन्छ । आजका दिन बालकदेखि सबै उमेर समूहका मानिसले हर्ष उल्लासका साथ होली मनाएर एक आपसमा मित्रताको भाव फैलाउने गर्छन् । बाल्यकालमा मनाएको होलीको सम्झना जीवनभर रहीरहन्छ । होलीमा रमाएको बालापनको मीठो सम्झना हाम्रा अग्रस साहित्यकारले पनि बिर्सन सकेका छैनन् ।

साहित्यकार बैरागी काइलाको दिमागमा बाल्यकालको होली अझै याद । हुन त नेपालको पुर्वी जिल्ला पाँचथरको लिम्बु परिवारमा हुर्केकोले खासै धुमधाम होली मनाउने चलन थिएन भन्छन् उनी । तर पनि उनी आफनो समाजलाइ मिश्रित समाज भन्न रुचाउँछन् । उनी भन्छन्, त्यतिेबेला अरुल मान्दै आएको चलनलाइ हामीले पनि रमाइलो मान्यौ । त्यतिबेला अहिलेको जस्तो सुचना र यातायातको सुविधा थिएन र अहीले सबै कुरा यसैले नजिक बनाएको छ । त्यतिबेला हाटबजारमा मात्रै होली खेलेको देख्थ्यौ । उ बेलामा द्धतिया, तृतीया, नवमी, एकादशी जस्ता तिथि अनुसार हाट बजार लाग्थ्यो । होलीको दिन पनि दुइ घन्टा सम्म हिडेर हाट जान्थ्यौ ।

धुमधामसँग मननाए पनि हामीले रगंकिनेर एकअर्कालाइ दल्थ्यौ । तर त्यो पिचकरी लिएर कहिल्यै हिँडिएन । अबिर लिएर आएमा लगाइदिन्छु अमिलेपनि । काठमाडौमा धार्मिक आस्थाको साथ चीर उठाएर होली मनाए जस्तो चाही हाम्रो गाउँतिर थिएन। म अलि ठुलो भएपछी झापा झरेँ त्यहाँका मारवाडी, मैथिली, अवधी, भोजपुरी भाषीहरूले साह्रै रमाइलो गरी मनाउथे । उनीहरूल बोलाउँथे र गएर रमँइलो गरिन्थ्यो ।

अर्की साहित्यकार गीता केशरीको नजरमा पनि होली निकै विषेश लाग्थ्यो । बाल्यकाल काठमाडौको पकनाजोलमा बिताएकी उनी भन्छिन् त्यतिबेला रगं र पानी खेल्ने चलन थियो । त्यतिबेला पिचकारी खेल्थ्यौ तर सबै आफनो साथीलाइ मात्रै । लुकेर बाहिर हिडेको मान्छेलाइ हान्ने चलन थियो ।

त्यतिबेला छोरीहरूलाइ बाहिर घुलमिल हुने अनुमती थिएन । बाहिर गएर होली खेल्न दिदैनथ्यो । काकादाइ, भाइहरूले खेलेको देखेर रमाउँथ्यौ । त्यतिबेलाको लौला अर्कै खालको थियो । लाहालाइ पगालेर त्यसमा झीरझीर चम्किलो हालिन्यो । त्यो लोलाले तरुनी केटीहरूलाइ टाढाबाट हालिन्थ्यो । लोला फुटेपछी झलमल्ल हुन्थ्यो । पछी केटीको अनुहारहरू चम्किन्थ्यो, खुब राम्रो देखिन्थ्यो । त्यो बेलामा नजिकै गएर हान्न सकिन्न थियो त्यसैले टाढाबाटै लोला हानिन्थ्यो ।

होलीको फाल्गुनमा खेल्नुको ठुलो महत्व छ । यसले सिजन परीवर्तनलाइ संकेत गर्छ । यतिबेला बोटबिरुवामा पालुवा आउाछ । मान्छेमा पनि त्यस्तै खालको उमंग ल्याउनुपर्छ भन्ने सन्देष दिन्छ । जसमा रंगको भुमिका महत्वपुर्ण हुन्छ ।

जसरी मनाइए पनि होलीको महत्व छ । तर पनि यसलाइ भद्र रुपमा मनाउनु उचित हुन्छ । होलीका नाममा हुने विभिन्न खालका विकृति र विसंगतीलाइ हामी स्वीकार गर्नुहुँदैन । नचाहीदो खालको रगंहरूले शरीरमा समस्या ल्याउन सक्छ । जताभावी लोला हान्ने, फोहोर पानी हान्ने पनि गर्नुहुँदैन । होलीलाइ एउटा सभ्य पर्वको रुपमा मनाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.