यो हो गुलाबी रंगको ताल ! (फोटो फिचर)
एजेन्सी: हामीलाई थाहा छ की पानीको कुनै रंग हुँदैन। तर के तपाईले कहिल्यै रंगीन ताल भएको देख्नु भएको छ? अस्ट्रेलिया यस्तै प्रकृतिको ताल रहेको छ।यस्तो तालले पर्यटकलाई निक्कै लोभ्याउने गर्दछ। यो ताल गुलाबी भएकैले अस्ट्रेलिया आउने जो कोही पनि नहेरिकन फर्किदैनन्।
यो तालको आकार ठूलो नभए पनि मानिसलाई भने निक्कै आकर्षणको केन्द्र बनेको छ। यो ताल गुलाबी हुनुको कारण यो तालको पानीमा नुनको मात्रा धेरै रहेको छ।
तर वैज्ञानिकहरुले यसलाई प्राकृतिक प्रक्रिया भएको बताएका छन्। उनीहरुका अनुसार जब जमिनको तापक्रम बढ्दै जान्छ र वर्षा हुँदैन, तब तालको रंगमा परिवर्तन हुन्छ।
यही कारण यो तालमा सूर्यको किरण परेसँगै तालको रंग परिवर्तन हुने गर्दछ। यही ताल चारैतिर यूकेलिप्टिस तथा पेपरबार्कले रुखविरुवाले घेरिएको छ।
यसका साथै यो तालमा गुलाबी ब्याक्टेरिया एवं एल्गीको भएकाले तालको रंग गुलाबी देखिएको हुन्छ।