यी हुन् संसारका १० अनौठा जीवहरु

यी हुन्  संसारका १० अनौठा जीवहरु


एजेन्सी: संसारमा धेरै प्रजातिका जीवहरु पाइन्छ। केही यस्ता जीव छन् जसको वंश नै दुर्लभ छ। तीमध्ये केही यस्ता जीव छन् जसको खोज गरिएको छ।

१.सिकारीसँग बच्‍ने माकुरा
सेब्रीनस रेषेनबर्गाई नामक यो माकुरो नयाँ प्रजातिको माकुरा हो। यसले जस्तोसुकै सिकारीबाट आफूलाई जोगाउन सक्छ। किनकी यसले यति धेरै आफ्ना अंगहरु सक्रिय राखेका हुन्छन् की कोही आएमा तुरुन्तै थाहाँ पाउँछन् र आफूलाई भाग्‍ने षडयन्त्र बनाउन सक्छन्।

२.बच्चा पाउने भ्यागुता
भ्यागुताले प्राय अण्डा पारेको हामीले देखेका छौ। तर लिम्नोनेक्टस लार्वीपार्टस नामक भ्यागुताले अण्डा होइन बच्चा ने जन्माउने गर्दछ।

३.गुड बनाउने माछा
टोर्किजेनर एल्बोम्याक्यूलोसस नामक माछाको यस्तो प्रजाति हो जसले समुन्द्रमा आफ्नो लागि आफैं गुँड बनाउने गर्दछ। यो माछाले करीब २ मिटर लामो गुड बनाउने गर्दछ।

४.अनौठो क्रिसमस रुख
टिलान्डिसिया रेलिगिओसा नामक विरुवा जुन हेर्नमा क्रिसमसको लाग्दैन तर मेक्सिकोमा क्रिसमसको सजावटका लागि प्रयोग गर्ने गरिन्छ। यो विरुवा चट्टानमा लुकेर उम्रने गर्दछ। यो करीब १.५ मीटर लाकव हुन्छ। डिसेम्बरदेखि मार्चको बीचमा यसले फूल लाग्‍ने गर्दछ।

५.रुखको जरा जस्तो कीरा
फ्रेग्नेस्टेरिया टामओआसिस नामक यो उक प्रकारको किरा हो। यो किरा हेर्नमा रुख जस्तै भएपनि यो रुखमा बसेको हुन्छ। यसलाई पहिलो पटक हेर्दा ठम्याउन गाह्रो हुन्छ। यसको लम्बाई करीब २५ सेन्टीमिटर रहेको हुन्छ।

६.खनौठो शंखेकीरा
त्यसो त शंखेकीरा धेरै नैं मात्रा देख्‍न सकिन्छ। तर फाइलोडेस्मियम एकेन्थोरिनम नामक शंखेकीरा एउटा छुट्टै प्रजाति हो। यो शंखेकिरा जापानको समुन्द्रमा पाइन्छ।जुन करीब १८ मिलिमिटरसम्म लामो हुन्छ।

७.डाइनोसर
बताइए अनुसार डाइनोसरको प्रजाति धेरै पहिले नै नाश भइसकेको थियो। तर डकोटामा यसको जीवाशेष भेटिएको छ। जुन करीब ३ मीटर लामो र ३ सय किलोग्राम तौल रहेको छ।

८. अनौठो विरुवा
बलानोफोरा कोरलीफार्मिस नामक यो विरुवा अनौठो प्रकारको रहेको छ। यसको शाखा धेरै लामो हुन्छ। यसको जरा जमिनकमो माथि फैलिने गर्दछ। यो विरुवा फिलिपिन्सको द्वीपमा पाइन्छ। यो रुख करीब १७ सय मीटरको उचाइमा पाइन्छ।

९. रहस्यमयी जीव
यो जीव धर्तीको एक अनौठो जीवमा पर्दछ जसलाई वैज्ञानिकहरुले अहिलेसम्म पहिचान गर्न सकेका छैनन्। च्याउँ र जेलीफिसमा देखिने यो जीव समुन्द्रको गहिराईमा बस्‍ने गर्दछ।

१०.अनौठो अरिंगाल
यो अरिंगाल धेरै नै फरक स्वभावको हुन्छ। यसले अण्डा दिनको लागि दुई चरण बनाउद्‍छ। यसले आफ्नो बच्चा खानाको लागि मरेको माकुरा राख्‍ने गर्दछ। यसका साथै दोस्रो चरणमा यसले मरेको कमिला राख्‍ने गर्दछ। तर उसले यी दुवै जीव किन राख्‍छन् भन्‍ने कुरा आजसम्म वैज्ञानिकले समेत पत्ता लगाउन सकेका छैनन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.