यी हुन् विश्‍वका धेरै हतियार बेच्‍ने १० कम्पनी

यी हुन् विश्‍वका धेरै हतियार बेच्‍ने १० कम्पनी

एजेन्सी: विश्‍वमा सबैभन्दा ठूलो विध्वंस मच्चाउने काम हतियारको प्रयोगबाट भइरहेको तथ्य सार्वजनिक भएको छ। संसारमा सबैभन्दा धेरै कमाइ तेलपछि हतियार बेचेर नै गरिरहेको तथ्य ग्लोबल इस्यू डटकमले उल्लेख गरेको छ।

ग्लोबल इस्यूका अनुसार विश्‍वमा वार्षिक १ हजार बिलियन डलर आम्दानी हुने गरेको छ। यही तथ्याङका आधारमा कुन कम्पनीले हतियार बचेचेर कति कमाएका छन् त ?

१.लकहिड मार्टिन, मेरिल्याण्ड अमेरिका
हतियार बेच्‍ने मामलामा अमेरिकाको मेरिल्याण्ड रहेको लकहिड मार्टिन कम्पनी सबैभन्दा अगाडी रहेको छ। यसले वार्षिक ३६.४ अर्ब डलर बराबरको हतियार बेच्‍ने गरेको छ।

२. बोइङग, अमेरिका
अमेरिकाकै दोस्रो धेरै हतियार बेच्‍ने कम्पनीको नाम हो बोइङग। यसले वार्षिक रुपमा विश्‍वभर करीब २८ अर्ब डलर बराबरको हतियार बेच्‍ने गर्दछ।

३. बीएसी सिस्टम्स, बेलायत
सबैभन्दा धेरै हतियार बेच्‍ने तेस्रो नम्बरमा बेलायतको बीएसी सिस्टम्स नामक कम्पनी पर्दछ। यसले करीब २५.५ अर्ब डलर बराबरको हतियार बिक्री गर्दै आएका छन्।

४. रेथियोन, अमेरिका
यस्तै अमेरिकन कम्पनी रेथियोनले पनि धेरै हतियार बेच्‍नेमा पर्दछ। यसले करीब २१ अर्ब डलर बराबरको हतियार बेच्‍ने गर्दछ।

५. नोर्थरोप ग्रुमन, अमेरिका
अमेरिकाकै अर्को धेरै हतियार बेच्‍ने कम्पनीको नाम हो नोर्थरोप ग्रुमन । यसले पनि वार्षिक रुपमा २०.१ अर्ब डलर बराबरको कारोबार गर्छ।

६.जनरल डाइनामिक्स, अमेरिका
जनरल डाइनामिक्सले पनि वार्षिक रुपमा १९.३ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने गर्दछ।

७.एयरबस, फ्रान्स
फ्रान्समा रहेको एयरबस कम्पनीले वार्षिक 12.9 अर्ब डलर बराबरको हतियार बच्‍दै आएको छ।

८.यूनाइटेड टेक्नोलोजिज, अमेरिका
यूनाइटेड टेक्नोलोजिज वर्षभरिमा ९.५ अर्ब डलर बराबरको हतियार कारोबार गर्दै आएको छ।

९.लियोनार्डो, इटली
इटालीको हतियार बे‍च्‍ने कम्पनी लियोनार्डो वार्षिक रुपमा 9.3 अर्ब डलर बराबरको हतियार बिक्री गर्दै आएको छ।

१०. एल3, अमेरिका
यसैगरी अमेरिकाकै एल3 नामक कम्पनीले पनि वार्षिक ८.८ अर्ब बराबरको हतियार बेच्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.