चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेश मन्त्रीबीच भेटवार्ता

चिनीयाँ राष्ट्रपति र अमेरिकी विदेश मन्त्रीबीच भेटवार्ता

बेइजिङ: चीनका राष्ट्रपति सि जिनपिङसँग अमेरिकाका विदेश मन्त्री रेक्स टेलर्सनले आइतबार चीनमा भेटवार्ता गरेका छन्।

चीन भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री टिलर्सनले वेइजिङको ग्रेड हल अफ पिपुलमा राष्ट्रपति जिनपिङलाई भेटेर चीन अमेरिका सम्वन्ध सुधारका बारेमा कुराकानी गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

सो अवसरमा राष्ट्रपति जिनपिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग आफू टेलिफोन र 'एसएमएस'मार्फत् आफू सम्पर्कमा रहिरहेको बताए। राष्ट्रपति ट्रम्प र आफूबीचमा असल सम्बन्ध र सहकार्यका अगाडी बढ्ने सहमति भएको पनि जिनपिङले जानकारी दिए।

उनले दुईपक्षीय हित र सहकार्य, क्षेत्रीय र विश्वव्यापी विषयमा साझा धारणा बनाउन चाहेको पनि बताएको अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति जिनपिङले आपसी समझदारीका आधारमा दुई पक्षीय सम्वन्धलाई पुर्नविचार गर्नु पर्नेमा समेत जोड दिएका थिए। उनले राष्ट्रपति ट्रम्पलाई चीनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताए। राष्ट्रपति ट्रम्पको भ्रमणको तयारीकै लागि विदेशमन्त्री टिलर्सन बेईजिङ पुगेका हुन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.