उत्तर प्रदेशमा मूल मुद्दा विकासः योगी

उत्तर प्रदेशमा मूल मुद्दा विकासः योगी

लखनउः भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको शपथ ग्रहणलगत्तै योगी आदित्यनाथले आफ्नो सरकारको मूल लक्ष्य विकास भएको बताएका छन् । मुख्यमन्त्रीको हैसियतमा उनको पहिलो ट्विटमा आफ्नो सरकारले युवालाई रोजगार दिने र स्वरोजगार सिर्जना गर्ने स्पष्ट पारेका छन् ।

उनले युवाहरूलाई रोजगार वृद्धिका लागि सीप विकास केन्द्रको स्थापना गरिने र त्यहाँबाट उत्पादित जनशक्तिलाई काममा लगाइने जानकारी दिएका छन् । जनताले परिवर्तन चाहेको र त्यसलाई पूरा गर्न आफू लागिपर्नेमा उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटमार्फत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उपमुख्यमन्त्रीहरू केशवप्रसाद मौर्य र दिनेश शर्मालाई बधाई दिँदै प्रदेशको सेवामा जुट्न आह्वान गरेका छन् । यो सरकारले उत्तर प्रदेशलाई उत्तर प्रदेश बनाउनेमा कुनै कसर बाँकी राख्न नहुने निर्देश पनि दिएका छन् । प्रधानमन्त्री मोदीले भने, ‘विकास नै हाम्रो एक मात्र लक्ष्य हो । उत्तर प्रदेशले विकास गरे मात्र भारतको विकास हुनेछ । हामी युवाको सेवा गर्न चाहन्छौं र उनीहरूका लागि अवसरको सृजना गर्न चाहन्छौं ।’

सम्पन्न भारत निर्माणमा आफ्नो अटल प्रयास जारी रहने उनको भनाइ थियो । नयाँ सरकारले भारतको परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे । नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह समेत थुप्रै वरिष्ठ नेताहरू उपस्थित समारोहमा उत्तर प्रदेशका राज्यपाल राम नाईकले नयाँ सरकारका मुख्यमन्त्री, उपमुख्यमन्त्रीद्वय र मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए ।

योगीको मन्त्रिण्डलमा २२ मन्त्रीसहित ४४ जना सदस्य छन् । मन्त्रिपरिषद्मा राज्यमन्त्रीमा पूर्वक्रिकेटर मोहसिन रजा पनि छन् । योगी सरकारमा उनी मात्र मुस्लिम मन्त्री हुन् । भाजपाले उत्तर प्रदेशको विधानसभा निर्वाचनमा एकजना पनि मुस्लिम उम्मेदवार बनाएको थिएन । यसै विषयलाई लिएर कंग्रेस आई, समाजवादी र बहुजन समाजवादी पार्टीले भाजपा मुस्लिमविरोधी भएको आरोप लगाउँदै आएका थिए ।

उनले उत्तर प्रदेशमा आफ्नो शपथ ग्रहणले निकै महत्व राख्ने र यो ऐतिहासिक दिन ठहर्ने उनले बताए । विकासका लागि जोसुकै कदम उठाउन आफू र आफ्नो सरकार तयार रहेको उनले दाबी गरे । आफ्नो सरकारले कसैलाई पनि भेदभाव नगर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘लोक कल्याणप्रति समर्पित यो सरकार भेदभावविना समाजका सबै वर्गका लागि समान रूपले काम गर्नेछ । प्रशासनलनई संवेदनशील एवं जवाफदेही बनाइनेछ ।’
आवास, भोजन, पिउने पानी, शौचालय जस्ता अत्यावश्यक आधारभूत आवश्यकता पूर्तिका साथै कानुन व्यवस्था कायम गर्ने उनले आश्वासन दिए ।

सरकारी सेवा र नियुक्तिलाई पारदर्शी र भ्रष्‍टाचारमुक्त बनाइने विश्वास दिलाए । महिलाको सुरक्षामा ध्यान दिइने र गरिब, दलित और पिछडा वर्गका लागि आफ्नो सरकारले तत्काल काम सुरु गर्ने उनले जानकारी दिए ।
समारोहमा समाजवादी पार्टीका संरक्षक मुलायमसिंह यादव र पूर्व मुख्यमन्त्री अखिलेश यादव पनि उपस्थित थिए । उत्तर प्रदेशमा जित हात पारेकोमा मुलायमले मोदीलाई बधाई दिएका थिए ।

योगीका महत्वपूर्ण घटना
उनको आपचारिक नाम भने अजय सिंह नेगी हो ।
सन् १९७२, जुन ५ः उत्तराखण्ड (तत्कालीन उत्तर प्रदेश)को पौडी जिल्लास्थित पञ्चुर गाउँमा जन्म ।
सन् १९८७ः टिहरीबाट दश कक्षा उत्तीर्ण ।
सन् १९८९ः ऋषिकेशस्थित भरत मन्दिर इन्टर कालेजबाट प्रमाणपत्र उत्तीर्ण ।
सन् १९९०ः एबीवीपीमा संलग्न ।
सन् १९९२ः बीएस्सी ।
सन् १९९३ः एमएस्सीको शोधपत्रमा गुरु गोरखनाथमाथि अनुसन्धान गर्न गोरखपुर प्रस्थान । गोरक्षनाथ पीठका महन्त अवेद्यनाथसँगको संगत ।
सन् १९९४ः पूर्ण संन्यासी । अजय सिंह नेगीबाट योगी आदित्यनाथमा परिवर्तन ।
सन् १९९८ः गोरखपुरबाट भाजपाका तर्फबाट सांसद ।
सन् १९९९ः गोरखपुरबाट दोस्रोपल्ट सभासद् ।
सन् २००२ अप्रिलः हिन्दू युवा वाहिनी गठन ।
सन् २००४ः तेस्रोपटक सभासद् ।
सन् २००७ः  गोरखपुर दंगाका योजनाकारको आरोपमा जेल, दशौं मुद्दा ।
सन् २००८ सेप्टेम्बर ७ः योगीमाथि भीषण आक्रमण ।
सन् २००९ः चौथोपटक सभासद् ।
सन् २०१४ः पाँचौंपटक सभासद् ।
सन् २०१७ मार्च १९ःउत्तर प्रदेशको भाजपा संसदीय दलको नेता चयन ।
सन् २०१७ मार्च २०ःउत्तर प्रदेशका मुख्यमन्त्री पदको शपथ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.