पेरुमा बाढीले ७२ को मृत्यु

पेरुमा बाढीले ७२ को मृत्यु

लिमाः  पेरुमा भारी वर्षापछिको बाढी र पहिरो करिब दुई दशकयताको भीषण रहेको जनाइएको छ । पेरुको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी हालसम्म ७२ जनाको मृत्यु भएको पेरुका प्रधान मन्त्री फेर्नान्डो जभालाले पुष्टि गरेका छन् ।

भीषण वर्षापछि यहाँको मौसमलाई हाल ‘कोस्टल निनो’ नाम दिइएको छ । समुद्रको तापक्रम धेरै भएर कोस्टल निनो भएको राष्ट्रिय जलवायु अनुगमन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार समुद्रमा अहिले २२ डिग्रीदेखि २७ डिग्रीसम्म तापक्रम रहेको छ ।

बाढीमा परेर हजारौं नागरिक घरवारविहीन भएको अधिकारीले जानकारी दिएका छन् । सरकारले देशका १३ क्षेत्रका ७ सय ५० नगरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सन् १९९८ मा पनि पेरुमा यस अवधिका आएको भीषण वर्षालगायतको बाढी पहिरोमा परी ३ सय ७४ व्यक्तिको मृत्यु भएको थियो । यस प्रकोपको कारण धेरै क्षति भएको यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको राष्ट्रपति पेड्रो पाब्लो कुक्जीन्सकिले बताएका छन् । बाढी पहिरोका कारण झण्डै १५ करोड अमेरिकी डलरदेखि ६० करोड डलरसम्म क्षति भएको सरकारले अनुमान गरेको छ ।

लिमामा मार्च २० सम्मका लागि विद्यालय बन्द गरिएको छ भने २७ जिल्लामा पानी वितरण समिति गठन गरिएको छ । यस प्राकृतिक प्रकोपको अवस्थामा पेरुलाई सहयोग गर्न चिली, बोलिभिया, भेनेजुएला र कोलोम्बियाका राष्ट्रपतिहरूले प्रस्ताव गरेका छन् । —एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.