पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता

पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता

एजेन्सी : पाकिस्तानमा हिन्दु विवाह सम्बन्धी कानुन पास भएको छ । राष्ट्रपति ममनुन हुसेनले यसलार्इ अनुमति दिएका छन् । यसबाट पाकिस्तानमा रहेका अल्पसङ्ख्य हिन्दुहलाई आफ्नो परम्परा अनुसार विहे गर्ने स्वीकति प्राप्त भएको छ ।

यो कानुन पाकिस्तानको सिन्ध प्रान्त बाहेका पूरै पाकिस्तानमा लागु हुने बताइएको छ । सिन्ध प्रान्तमा छुट्टै विवाह ऐन रहेको छ । प्रधानमन्त्री नवाज शरीफसँगको सल्लाहमा राष्ट्रपति मनसुन हुसेनले 'हिन्दु म्यारिज एक्ट २०१७' जारी गरेको प्रधानमन्त्री कार्यालयबाट जारी वक्ततव्यमा बताइएको छ ।

यस कानुनको मर्म हिन्दुको विवाहका साथै उनिहरुको परिवार, आमा तथा बच्चाहरुको सुरक्षा गर्नु रहेको बताइएको छ । कानुनले पाकिस्तानमा रहने सबै हिन्दुहरुलाई आफ्नो संस्कार अनुसार विवाह गर्न सहज हुने दावी गरिएको छ ।

पाकिस्तामा रहेका सबै अलपसङ्ख्यक समुदायलाई अरु सरह अधिकार दिइने प्रधानमन्त्री नवाज शरीफको भनाइरहेका छ । उनले भने 'सरकारले पाकिस्तानमा रहेका अल्पसङ्ख्यक समुदायलाई समान अधिकार दिने कुरामा सरकार हर बखत ध्यान दिइरहेका छ ।'  हिन्दुहरु पनि अरु सरह देशभक्त भएकाले उनीहरुलाई समान अधिकार दिनु र उनीहरुको संरक्षण गुर्न सरकारको कर्तव्य भएको प्रधामन्त्री सरिफले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.