'अमेरिकी राष्ट्रपति चुनावमा रूसको संलग्नता छैन'

'अमेरिकी राष्ट्रपति चुनावमा रूसको संलग्नता छैन'

वासिङगटन: सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा रूस र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच साँठगाँठ भएको भन्ने कुनै पनि प्रमाण नभेटिएको अमेरिकी संसद्को गुप्तचर निकायका अध्यक्षले सार्वजनिक गरेका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट समितिका अध्यक्ष डेभिन नुनेसले रूसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्ने गरी गरेको कुनै साँठगाँठको प्रमाण नभेटिएको स्पष्ट पारेका हुन् । उनी अमेरिकाको गुप्तचर मामिला हेर्ने कंग्रेस समितिका अध्यक्ष हुन् ।

रूसले चुनावमा हस्तक्षेप गरे वा नगरेको भन्नेबारे प्रमाण प्रस्तुत गर्न अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईमा प्रमुख उक्त संसदीय समितिमा उपस्थित हुनु एक दिनअघि फ्रान्सेली समाचार समितिसँगको अन्तर्वार्तामा नुनेसले यस्तो खुलासा गरेका थिए । नुनेसले आफूले हालसम्म फेला पारेको आधारमा रूसले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन र राष्ट्रपतिको अर्की उम्मेदवार हिलारी रोधम क्लिन्टनलाई हराउने कुनै कार्य गरेको प्रमाण फेला नपरेको उनले अन्तवार्तामा प्रष्ट पारेका हुन् ।

ट्रम्पले राष्ट्रपतिमा विजय हासिल गरेपछि डेमोक्र्याटका नेताहरूले चुनावमा रूसले सघाएको जस्ता आरोप लगाएका थिए । यसको विरोधमा प्रदर्शन आयोजना गरिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.