दलाई लामाको भारत भ्रमणप्रति चिनियाँ आपत्ति

दलाई लामाको भारत भ्रमणप्रति चिनियाँ आपत्ति

बेइजिङ: तिब्बती बौद्ध धर्मगुरू दलाई लामालाई भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आमन्त्रण गरेपछि चीनले सोमबार त्यसको विरोध गरेको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार दलाई लामालाई बिहारको एक बौद्ध सम्मेलन उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो ।

पीटीआइले चाइना टुडेलाई उल्लेख गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चनयिङले भनेकी छिन्, ‘चीनको विरुद्ध उभिने १४ औं दलाई लामालाई भारतले बौद्ध सम्मेलनमा बोलाएर सम्‍मान दिएको छ । यसमा चीन विरोध र तीव्र असन्तुष्टि व्यक्त गर्दछ ।’उनले भारतसँग यस्ता गतिविधि रोक्न पनि माग गरेकी छन् ।

दलाई लामाका कारणले भारत र चीनबीचको सम्बन्धमा चिसो आउने हुनाले यस्तो काम नगर्न उनले सुझाएकी छन् । उनले भनिन्, ‘तिब्बत र यससँग सम्बन्धित प्रश्‍नप्रति प्रतिबद्धता जनाउँदै भारतसँग चीनविरोधी गतिविधि तत्काल रोक्‍न आग्रह गर्दछु । भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’

८१ वर्षीय बैद्ध धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा एक अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए । राजगीर बिहारको प्रान्तीय राजधानी पटनादेखि करिब सय किलोमिटर दूरीमा रहेको छ । विभिन्‍न देशका बौद्ध भिक्षु तथा विद्वान्हरूले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सम्मेलनमा छलफल गरेका थिए ।

मार्च महिनाको सुरुमा अरुणाचल प्रदेशमा भारतले दलाई लामालाई अनुमति दिने बारेमा चीनले विरोध गरेको थियो । अरुणाचललाई चीनले तिब्बतको दक्षिणी भूभाग ठान्छ ।विदेश मन्त्रालयका अर्का प्रवक्ता गेङ सुआङले दलाई लामालाई विवादित क्षेत्रमा प्रवेश गर्न दिएको भन्दै त्यतिखेर पनि विरोध गरेका थिए । उनले भनेका छन्, ’चीन–भारत सीमा विवादित पूर्वी क्षेत्रमा चीनको बलियो दाबेदारी छ । दलाई लामा यस क्षेत्रमा पृथकतावादी आन्दोलनलाई सघाउन खोजेका छन् । त्यस्तो विवादित क्षेत्रमा उनी जानु ठिक होइन ।’

नोबल शान्ति पुरस्कार विजेता दलाई लामा सन् १८५९ मा तिब्बत छोडेर भारतमा शरण लिन गएका थिए । चीनले दलाई लामालाई स्वतन्त्र तिब्बत पक्षधर भएको बताउँदै आएको छ । दलाई लामालाई स्वागत गर्ने देशप्रति चीन आक्रामक बन्दै आएको छ । गत वर्ष नोभेम्बरमा उनलाई मंगोलियाले प्रवेश गर्न दिएपछि चीनले नाकाबन्दी लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.