कारबम आक्रमण : तीनको मृत्यु आठ घाइते

कारबम आक्रमण : तीनको मृत्यु आठ घाइते

अफगानिस्तान : आफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ पर्ने हेलमान्ड प्रांन्तमा भएको एक कारबम आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका छन् । 

सो आक्रमणमा परी तीन सरकार समर्थक नागरिक सेनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएको स्थानीय अधिकारीहले मङ्गलबार जानकारी दिएका छन ।

हेलमान्ड प्रांन्तको गेरेसक जिल्लामा अवस्थित एक जाँचचौकीलाई लक्ष्यगरी सोमबार राति भएको यस आक्रमणमा परी तीन सेनाको घटनास्थलमा नै मृत्यु भएको अन्य आठ जना घाइते भएका छन ।

प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले यस घटनालाई पुष्टि गरेका छन् । अफगानिस्तानको राजधानी काबुलबाट करिब ५५५ किलोमिटर दक्षिणमा हेलमान्ड प्रान्त पर्दछ । रासस /सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.