पेरुमा डिसेम्बरदेखि हालसम्म बाढी पहिरो

पेरुमा डिसेम्बरदेखि हालसम्म बाढी पहिरो

पेरु : पेरुमा गत डिसेम्बरदेखि हालसम्म बाढी पहिरोको प्रकोप जारी रहेको छ ।भारी बर्षापछि आएको यस बाढी पहिरोमा परी हालसम्म ७५ जनाको ज्यान गइसकेका भएको छ भने, ३० जना हराइरहेका छन् । त्यसैगरी यस घटनामा परी २६३ घाइते भएका छन ।

राष्ट्रिय आपतकालिन उद्धार केन्द्र (सिओइएन) ले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सो जानकारीहरु दिइएको छ । डिसेम्बरको पहिलो सातादेखि सुरु भएको बाढी पहिरोले प्रभावित हुनेक्रम फेब्रुअरी सम्म बढी नै रहेका सिओइएनले जनाएको छ । बाढी पहिरोका कारण ६ लाख २७ हजार ४८ जना प्रभावित भएका छन भने, १ लाख १६९ जना विस्थापित भएका छन् ।

बाढी पहिरोले उत्तरपूर्वी क्षेत्रका तुम्बर्स पिउरा, लम्बायेक, ला लिबेर्टेड एन्कास, लिमा लगायतका प्रान्तहरु धेरै प्रभावित भएका छन् । सिओइएनले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार १०९ किलोमिटर बाटो भत्किएको छ भने, ३ हजार ८४९ किलोमिटर सडक प्रभावित भएको छ ।

झण्डै १५९ पुल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् २७४ ओटा पुलमा नोक्सानी भएको छ भने ३३ ओटा राजमार्ग बन्द भएका छन् । दश हजार ६४२ घर पूर्णरुपमा क्षतिग्रस्त भएको, १२ हजार १२६ वटा घर प्रयोग गर्न नमिल्ने भएको र एक लाख ३४ हजार २९० घरमा नोक्सानी भएको जनाएको छ ।

रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.