युरेनियम र प्लूटोनियम उत्पादनमा उत्तर कोरियाको लगानी, संयुक्त राष्ट्र समितिद्वारा चेतावनी

युरेनियम र प्लूटोनियम उत्पादनमा उत्तर कोरियाको लगानी, संयुक्त राष्ट्र समितिद्वारा चेतावनी

काठमाडौं: उत्तर कोरियाले युरेनियम संवर्द्धनका लागि सेवा सुविधालाई दोब्बर पारेपछि संयुक्त राष्ट्रको परमाणु निगरानी समितिले चेतावनी दिएको छ। सबैभन्दा बढी परमाणु हतियार बनाएर शक्तिशाली राष्ट्रलाई चेतावनी दिएपछि संयुक्त राष्ट्र समितिले थप अगाडि नबढाउन उत्तरलाई चेतावनी दिएको हो।

अन्तराष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख युकिया अमानोले वाल स्ट्रिट जर्नलको रिपोर्टमा भनेकी छन्, 'पृथक राज्‍यको परमाणु क्षमता दिनप्रति दिन बढीरहेको छ। यसले अरु राज्‍यको भविष्य संकटमा छ।'

अमानोले भनेकी छन्, 'स्थिति धेरै नै खराब भइरहेको छ। उत्तरको परमाणु परीक्षण र उत्पादन एउटा नयाँ मोडमा पुगसकेको छ। यसले विश्‍वकै लागिस खतरा निम्त्याउन सक्छ। '

गत वर्ष प्योङयाङको सैन्य महत्वकांक्षामा अन्तराष्ट्रिय ब्‍यालेष्टिक मिसाइलको विकास निर्माण र परमाणु परीक्षणमा वृद्धि रहेको थियो। यसका साथै उसले अप्रिल र मार्च महिनामा मात्रै संयुक्त राज्‍य अमेरिकाको सैन्‍य क्षेत्रमा आक्रमणको निसाना बनाएर एकै पटक चार वटा रकेट प्रक्षेपण गर्नु थियो।

यति मात्रै नभएर उत्तरले अमेरिकाको विदेश सचिव रेक्स टेलर्सनको पूर्वी एसिया भ्रमणका बेला एक सातामै नयाँ शक्तिशाली रकेट परीक्षण गरेर अमेरिकालाई धम्की दिएको थियो।

रिपोर्टमा भनिएको छ, 'प्योङयाङले आफ्नो देशमा यूरेनियम तथा प्लूटोनियम उत्पादनलाई बढाउन सेवा तथा सुविधालाई पनि प्रोत्साहन गरिरहेका छन्। यसले अमेरिका लगायत शक्तिशाली राष्ट्रलाई ठूलो समस्याको विषय बनिरहेको छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.