यो हो विश्वकै पहिलो किचन साइकल !
एजेन्सी: अहिले तपाई धेरै अचम्मका चीजहरु देख्नु भएको छ। तर के तपाईले किचेन साइकल देख्नु भएको छ ? यस्तै एउटा मानिसले हिड्दै काम गर्न सकिने किचेनको निर्माण गरेका छन्। उसले घरमा फ्याकिएका भाडाकुडाबाट बनाएको साइकलको मूल्य २ सय डलर राखिएको छ।
उनले लण्डनमा खाना पुर्याउने काम गर्ने भएकाले चाँडै नै किचेनको आवश्यकता महसुस गरी यस्तो प्रकारको साइकल बनाएका हुन्। यी सबै काम गर्न उसलाई एउटा मोबाइल किचेनको पनि खाँचो थियो तर पैसाले नपुग्ने भएपछि उसले गरीबको लागि घुमेर खाना खुवाउन सकोस भनेर यस्तो साइकलको विकास गरेको बताएका छन्।
यो साइकललाई सजिलैसँग जहिले पनि चलाएर लैजान सकिन्छ। यसले खाना बनाउनको लागि विशेष प्रभावकारी हुने बताइएको छ।