यी हुन् सन् २०१७ को १० महंगा कार

 यी हुन् सन् २०१७ को  १० महंगा कार

एजेन्सी: फोर्ब्स म्यागेजिनले सन् २०१७ को सबैभन्दा महँगो कारको सूची सार्वजनिक गरेको छ। संसारका सबै सुपर कार तथा लग्जरी कार समावेश गरी यो सूची तयार गरिएको फोर्ब्सले जनाएको छ। 

१.एस्टन मार्टिन एमए आरबी कार
प्रसिद्ध कम्पनी एस्टन मार्टिनले ल्‍याएको एस्टन मार्टिन एमए आरबी कार सन् २०१७ कै सबैभन्दा महंगो कारको सूची मा परेको छ। फोर्ब्सका अनुसार यसको मूल्‍य ३९ लाख डलर राखिएको छ।

२.लाइकोन हाईपरस्पोर्ट कार
पूर्ण रुपमा फेशेनेबल कारको रुपमा चिनिएको लाइकोन हाईपरस्पोर्ट कारको मूल्‍य पनि त्‍यस्तै छ। यसको मूल्‍य करीब ३४ लाख डलर राखिएको छ।

३.पगानी हुयारा बीसी
हेर्नमा स्टाइलिस र दमदार फिचर भएको यो कारको मूल्‍य २८ लाख डलर पर्न आउँछ।

४. बुगाटी शिरोन
यो कार लक्जरीको लागि उपयुक्त मानिन्छ।कम्पनीले यो कारको मूल्‍य २७ लाख डलर राखिएको छ।

५. कोएनिग्सेग रेगेरा
यो पनि लक्जरी कारमै पर्दछ। यो कारको मूल्‍य १९ लाख डलर पर्छ।

६.जेनभोको टीएस कार
जेनभोले ल्‍याएको यो कार पनि सन् २०१७ को महंगो कारको सूची मा परेको छ। फोर्ब्सका अनुसार यसको मूल्‍य १८ लाख डलर राखिएको छ।

७. अराश एएफ १०  हाईब्रिड कार
यो अराश एएफ १० हाईब्रिड कारको मूल्‍य १५ लाख डलर रहेको छ।

८. फेरारी अप्टेरा
फेरारी कम्पनीले ल्‍याएको यो लक्जरी कारको मूल्‍य १४ लाख डलर रहेको छ।

९. मेजान्ती इवान्त्रा एम
मेजान्ती कम्पनीले विश्‍व बजारमा ल्याएको यो कारको मूल्‍य १२ लाख डलर रहेको छ। यो कार पनि निक्‍कै स्टाइलिस र लक्जरी रहेको छ।

१०. अपोलो एरो कार
यो स्टाइलिस र फेशेनेबल कारको मूल्‍य ११ लाख डलर पर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.