‘थ्रेसहोल्ड' निर्णय

 ‘थ्रेसहोल्ड' निर्णय

नेपालमा निर्वाचन आयोगसमक्ष झन्डै १९० पार्टीहरू दर्ता छन् र व्यवस्थापिका-संसदभित्र ‘एकलर्‍ सदस्यहरूसमेतले कुनै न कुनै पार्टीकै प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । यति धेरै दलहरूको जन्म कसरी भयो, तिनीहरूलाई जन्मनेबित्तिकै राज्यले मान्यता दिनैपर्ने हो र ? यो र यी जस्ता विषयमा कहिल्यै पनि गम्भीर बहस र तदनुरूपको निर्णय हुनै सकेनन् अतीतमा । दलको नेतृत्व गर्नु र संसद्मा उपस्थिति स्थापित गर्नुलाई कानुनभन्दा माथिको हैसियतकै रूपमा हेरिने आम प्रवृत्ति हुँदा पार्टीहरूले जनताको अभिमतको आकारको अर्थ बुझ्न सकेनन् र बुझ्न चाहेनन् ।

निर्वाचन पद्धतिमा जनताको अभिमत र आकारले नै दलहरूको हैसियत निर्धारण हुन्छ । त्यसैका आधारमा उनीहरूको सत्ता या प्रतिपक्षको हैसियत बन्छ । जति मत ल्याए पनि सबैको हैसियत एउटै हुनुपर्छ भन्ने मान्यता राख्नु अभिमतको अनादर हो । संविधान जारी हुनुपूर्व संकलित तर नतिजा लुकाइएको जनमतमा पनि ‘थ्रेसहोल्डर्‍ प्रावधानको अत्यधिक ठूलो माग थियो । सिद्धान्तबाट निर्देशित नभएको गठबन्धन सरकारमा ससाना दलहरूले आफ्नो हैसियतभन्दा ठूलो भाग पाउने हुँदा उनीहरू सानै समूहमा रहन पनि रुचाउँछन् ।

त्यसैले उनीहरूको चाहनाविपरीत दलहरूले राष्ट्रिय हैसियत पाउन निश्चित या न्यूनतम मत प्रतिशत या ‘थ्रेसहोल्डर्‍ को प्रावधान राख्ने साहस सरकारले जुटाएको थिएन । ढिलै भए पनि यो प्रावधानलाई कानुनी हैसियत दिएर सरकार र संसद्ले सानो सकारात्मक कदम उठाएका छन्, दलहरूलाई जनताको अभिमत हासिल गरी आफ्नो हैसियत फैलाउन ।

समानुपातिकमा न्यूनतम तीन प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कमसेकम एउटा स्थान हासिल गर्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने यो कानुन यसअघि कार्यान्वनय भएको भए वर्तमान संसद्मा कांग्रेस, एमाले र माओवादीसँगै राप्रपा (यसअघि सूर्यबहादुर थापाको नेतृत्व) ले त्यो हैसियत प्राप्त गरेको मानिन्थ्यो । राप्रपा नेपालले २४ स्थान समानुपातिक मतका आधारमा हासिल गरी चौथो स्थान हासिल गरेको भए पनि उसले प्रत्यक्षतर्फ एक स्थान पनि जित्न सकेको थिएन । उता राप्रपामा विक्रम पाण्डेले प्रत्यक्षतर्फबाट जिती राप्रपालाई त्यो हैसियत दिलाउन सफल भएको मानिने थियो ।

दलहरू नेतृत्व, आदर्श, नीति, सिद्धान्त, मान्यता तथा कार्यक्रमका आधारमा जनतामा जानुपर्ने हुन्छ र त्यसैका आधारमा जनताले उनीहरूको हैसियत निर्धारण गर्छन् । दलहरूका कार्यक्रम र नीति समान रहे पनि व्यक्तित्वको द्वन्द्वका कारण अक्सर फुट्ने गर्छन् र ‘राजनीतिकर्‍ सुपर मार्केटर्‍ मा एउटा अर्को पसल थपिने गर्छ । भोलि राज्य ढुकुटीबाट सहुलियत (चुनाव आदिको लागि) दिने व्यवस्था भएमा दलहरूलाई खुवाउँदैमा राज्य ढुकुटी रित्तिन सक्छ । दलहरूको हैसियत जनमतबाट परिभाषित हुँदा त्यसमा बोझ कम हुन जान्छ ।

तर यो कानुन त्रुटिरहित भने छैन । मिश्रित निर्वाचन प्रणाली अपनाएको संविधानले प्रत्यक्षलाई बढी र समानुपातिकलाई कम वजन दिनुको औचित्य आउने दिनमा पुष्टि गरिनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.