ऊर्जामा सरकारी झमेला

ऊर्जामा सरकारी झमेला
सुन्नुहोस्

जलस्रोतको दोस्रो धनी देश नेपालमा ऊर्जा क्षेत्रमा जति काम हुनुपर्ने हो त्यति भएकै छैन । जे भएको छ, त्यो पर्याप्त छैन । यस क्षेत्रमा भएका काम पर्याप्त नहुनुमा सरकारी झमेला, ऐन, नियममा अस्पष्टता र लगानीमैत्री वातावरणको अभाव प्रमुख देखिन्छन् । यी समस्याले काममा अवरोध गर्दै आएको स्पष्ट छ तर पनि सरकार मौन छ ।

देशमा उत्पादित कुल विद्युत्को करिब ७० प्रतिशत हिस्सा निजी क्षेत्रबाट आउने गरेको छ । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी झन्डै १३ खर्ब रुपैयाँ पुगिसकेको छ । तर पनि सरकारी नीति, नियम र प्रक्रियागत झमेलाका कारण निजी क्षेत्र समस्यामा छ । बुझेर पनि सरकार यो समस्यामा बुझ पचाइरहेछ । कतिञ्जेल बुझ पचाइरहने हो, पत्तो छैन । विशेषगरी निजी क्षेत्रका प्रवद्र्धकहरूले ऊर्जा आयोजना विकासमा सरकारी झमेलाको सामना गर्नुपरेको गुनासो छ ।

लगानीमैत्री वातावरण बनाउनका लागि वन ऐन, भूमि प्राप्ति र रुख कटानसम्बन्धी प्रावधानबाट समस्याहरू हट्नुपर्छ । एउटा जलविद्युत् आयोजना बनाउन सातवटा मन्त्रालय, २३ वटा विभाग र ३६ कानुनहरूको पालना गर्नुपर्ने अवस्था छ । यसले आयोजना विकासमा निजी क्षेत्रको लगानीलाई निरुत्साहित गरिरहेको घामजत्तिकै छर्लंग छ, भनिरहनु परोइन ।

निजी प्रवद्र्धकहरूले विद्युत् ऐन, २०४९ संशोधनको माग गरिरहेका छन् । अनुमति लिने, वन क्षेत्र प्रयोग गर्ने, आयोजनाको प्रारम्भिक लगानी जुटाउने, विदेशी लगानी भिœयाउनेलगायतका विषयमा सरकारी नियममा लचकता जरुरी छ । बैंकिङ क्षेत्र पनि ऊर्जा क्षेत्रमा सकारात्मक देखिएको छैन । सरकारले आगामी १० वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य यही गतिको काम र सरकारी प्रक्रियाले पूरा हुन सक्दैन । नयाँ आयोजनाका लागि सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) खुलाएको छैन । प्रसारण लाइनको अभावका कारण विद्यमान केही आयोजनाबाट उत्पादन भएको विद्युत्समेत वितरणमा समस्या परेको छ । आखिर कतिञ्जेल गाँठो कसेर बस्छ सरकार यस कार्यमा । सम्भावनाका अनेक अवसर देखेर पनि किन सरकार कानमा तेल हालेर सुत्छ ? सुतिरहन्छ ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.