ओहोदा सरकारी, आम्दानी अकुत

ओहोदा सरकारी, आम्दानी अकुत
सुन्नुहोस्

१९ वर्षअघि सरकारी सेवामा प्रवेश गरेका सुनील पौडेलविरुद्ध अख्तियारले थरीथरी मुद्दा लगाएको छ । मूल कुराचाहिँ उनले सरकारी ओहोदामा बसेर मोलमोलाइ र कमिसनको डरलाग्दो खेल खेलेको गुह्य अख्तियारले पत्ता लगाएको छ । कमिसनको पैसा विदेशी बैंकमा थन्क्याउने गरेको देखिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक पौडेलले २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको देखिएको छ । सरकारी सेवा प्रवेशदेखि अहिलेसम्मको आम्दानीको हिसाब गर्दा त्यतिका सम्पत्तिको स्रोत खुलेको छैन । 

सुनीलले सूचना प्रविधिसम्बन्धी विभिन्न ठेक्कापट्टा दिलाएबापत घुस लिने र त्यस्तो रकम सिंगापुरको युनाइटेड ओभरसिज बैंक (यूओबी) मा लुकाउने गरेका रहेछन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएको बेला पौडल आफैंले टेन्डरहरूको कोटेसन बनाई योजनाबद्ध ढंगले आफैंले चाहेको स्वदेशी आपूर्तिकर्ता कम्पनीहरूलाई ठेक्का मिलाउने र घूस खाने गरेका रहेछन् । राष्ट्रिय भुक्तानी प्रणालीका लागि आवश्यक खरिदमा उनले चलखेल गरी भ्रष्टाचार गरेको त विशेष अदालतले ठहर गरी पनि सकेको छ । अख्तियारले स्रोत नखुलेको सम्पत्तिमा थप मुद्दा दायर गरेको छ । 

पौडेलले गरेको अकुत सम्पत्ति आर्जन उनको एक्लो दुस्साहस हुन सक्दैन । छट्टु प्रवृत्तिबाटै उनले राजनीतिक नेतृत्वलाई रिझाउन सफलता पाए । सोही कारण नै कहिले राष्ट्रिय सूचना प्रविधि केन्द्र त कहिले नेपाल टेलिकमको नेतृत्वको जिम्मेवारी पाए । राजनीतिक नेतृत्वले सही मापदण्डबिना राजनीतिक नियुक्ति दिने र चतुर प्रवृत्तिका व्यक्तिहरूलाई च्याप्ने गर्दा नै सुनील पौडेल प्रवृत्ति मौलाएको हो । सरकारी निकाय र संस्थाहरूमा मौलाएको चरम भ्रष्टाचारको एउटा प्रतिनिधि उदाहरणमात्रै पौडेल काण्डबाट उजागर भएको छ । 

राजनीतिक नेतृत्व कस्तो छ भने आफूकहाँ जो धेरै धाइरहन्छ र गणेश झै वरिपरि घुमिरहन्छ, उसैलाई पत्याउँछ र उसैलाई मात्रै जिम्मेवारी सुम्पिन्छ । को योग्य छ र इमान्दार छ भन्ने चासो राजनीतिक नेतृत्वले कमै राख्छ । इमान्दार र योग्यहरू नेतृत्वले चाहेको गणेश प्रवृत्ति अनुसरण गर्दैनन् र पाखा परिरहन्छन् । धुत्र्याइँ गर्नेहरूलाई राजनीतिक नेतृत्वले पत्यारहने र जिम्मेवारी दिइरहने प्रवृत्ति अन्त्य नभएसम्म सुनील पौडेल जस्ता भ्रष्टाचारीहरू जन्मिरहन्छ । सरकारी ओहोदामा बसेर अकुत सम्पत्ति कुम्ल्याउने र राज्यलाई नोक्सान पु¥याउनेहरूमाथि अदालतको सजायमात्रै काफी हुँदैन, राजनीतिक नेतृत्वले नै त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.