प्रदेशलाई औचित्य साबित गर्ने अवसर

प्रदेशलाई औचित्य साबित गर्ने अवसर
सुन्नुहोस्

संघमा सत्ता समीकरण परिवर्तन हुनेबित्तिकै प्रदेशहरूको जग हल्लिन थालेपछि प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठन थालेको छ । अधिकांश काम संघबाट हुने र जनतासँग जोडिएका जनजीविकासम्बन्धी अधिकार स्थानीय तहमा भएकाले पनि प्रदेशको औचित्य छैन भन्ने तर्क जबरजस्त उठाउन थालिएको हो । अर्कोतर्फ प्रदेश सरकारहरू पनि एकदमै अस्थिर बने । आफ्नै दलभित्रकालाई हटाएर आफैं मन्त्री हुने दाउपेच चल्न थालेपछि अवस्था अस्थिर भएको पाइन्छ । प्रदेशको बजेट पनि विचौलियाको इच्छामा कमिसनको आधारमा बन्न थाल्यो । बनेका योजनाहरू समयमा कार्यान्वयन हुन सकेनन् । कार्यकर्ता पोस्न र कमिसनकै लागि प्रदेशले पनि स–साना योजना बनाउन थाले । जसकारण उसको औचित्य स्थानीय तहको भन्दा बढी देखिएन ।

प्रदेश पनि सरकार हो । उसलाई कानुन बनाउने अधिकार छ । संघको जस्तै कार्यपालिका र न्यायपालिकाको अवधारणा प्रदेशमा पनि छ । प्रदेश संसद् छ, प्रदेश सरकार छ । तर प्रदेशले बनाउने कानुन संघसँग नबाझिने गरी बनाउनु भनेर उसलाई कसिदिएका कारण प्रदेश फक्रिन सकेन । प्रदेशमा केही गर्छु भन्ने भावना भएका व्यक्तिले चाहेर पनि काम गर्न नसक्ने वातावरण बन्यो । त्यसैले पनि अहिले संघ र प्रदेशबीच अधिकारको लडाईं चलिरहेको छ । प्रदेशका मुख्यमन्त्रीहरू संघले साझा अधिकारहरू दिन नचाहेको आरोप लगाइरहेछन् । संघको समीकरण अनुसार प्रदेशको समीकरण पनि परिवर्तन गर्नैपर्ने प्रावधानले अझ प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठ्न थाल्यो ।

प्रदेशले जनतामुखी कार्यक्रम ल्याउन नसकेको र बढीजसो सत्ताको मोह देखिएकाले पनि जनतामा यस संरचनाको औचित्यमाथि प्रश्न उठाउने मौका मिलेको छर्लंग छ । प्रदेशका प्रमुखहरू र सभामुखहरू आआफ्ना राजनीतिक दलहरूको ‘स्वार्थ’मा चल्न थाले । उनीहरूको नियुक्ति आफ्नालाई कसरी सत्तामा पुु¥याउने भनेर हुन थाल्यो । सत्ता समीकरण परिवर्तन हुने बित्तिकै प्रदेश प्रमुख परिवर्तन हुन थाले । अर्कोतिर भने उनीहरूले आआफ्नो पार्टीका नेताको आदेशमा चल्ने प्रवृत्ति बढी भयो । त्यसले पनि जनतामा यस संरचनाप्रति बितृष्णा जाग्यो । यी सबैका कारण नागरिकमा प्रदेश संरचना भारी हुन थालेको हो तर सँगै प्रदेश संघीयताको परिकल्पना अनुसार चल्ने हो र नागरिकसँग जोडिएर स्थिर सरकारमार्फत् जनअपेक्षामा परिणाम दिने हो भने कसैलाई कुनै आपत्ति हुने देखिँदैन । बेलैमा बुद्धि पुग्यो भने सम्भावनाको संसार आफ्नै पोल्टामा पक्का छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.