घना जंगलमा बस्ने एक जाति, बनाउँछन् मान्छेलाई आहारा

घना जंगलमा बस्ने  एक जाति,  बनाउँछन् मान्छेलाई आहारा

एजेन्सी : संसारका अनेकौं ठाउँमा आज पनि यस्ता मान्छेहरु भेटिन्छन् जो दुनियाँका लागि अनौठो रहस्य बन्ने गर्दछन् । चाहे ती अफ्रिकन आदीवासी हुन वा अमेजनका विभिन्न जातिहरु । यस्तै पुपुवा न्युगिनीको घना जङ्गलमा एक रहस्यमय जाति बस्ने गर्दछन् । यस जातिलाई 'कोरोवाई' भनिन्छ ।

Related image

अचम्म लाग्दो कुरा के भने ती जातिलाई नरभक्षी जाति पनि भनिन्छ । पहिलोपल्ट एक डच अभियन्ताले सन १९७४ मा यी जाति पत्ता लगाएका थिए । यसअघि यिनका बारेमा कसैलाई कुनै जानकारी थिएन । सपछि यस क्षेत्रमा मानिसहरुको आवत-जावत बढ्न थाल्यो । जसका कारण त्यो समुदायमा १९९० को दशकमा वेश्यावृत्ति पनि मौलाएको थियो । सरकारको पहलले १९९९ देखि त्यो कुरा भने रोकियो ।

बाहिरी मानिसको आवत-जावत र उनीहरुसँगको सम्पर्कबाट पनि ती जनजातिको चाल-चलन र व्यवहारमा कुनै परिवर्तन देखिदैन् । बाहिरी संसारसँग उनीहरुको कुनै सम्पर्क छैन् । यी जातिका मानिस जमिनबाट ६ देखि १२ मिटरको उचाइमा रुखमामाथि घर बनाएर बस्ने गर्दछन् । आफूमाथि कसैले आक्रमण गर्न नसकुन भनेर उनीहरुले यस्तो घर बनाएको खोजकर्ता बताउँछन् ।

Image may contain: tree, sky and outdoor

यिनीहरुको जीवन यापनको मुख्य आधार शिकार रहेको छ । विभिन्न परम्परागत हतियारको प्रयोग गरी टाढा-टाढासम्म निशाना लगाई शिकार गर्ने क्षमता यी जातिका मानिसमा छ । यी 'कारोवाई' जातिको बसोबास रहेको क्षेत्र 'अराफूरा' सागरबाट करीब १५० किलोमिटरको दूरीमा रहेको छ । यी जातिको बारेमा केही डकुमेन्ट्री समेत बनेका छन् । यी जातिमा अन्धविश्वासलाई ज्यादै मान्यता दिइने गरिन्छ । यी जातिले मौका परेको खण्डमा मान्छेलाई मारेर समेत आफ्नो आहारा बनाउने गरेको बताइन्छ ।

Image result for korowai tribe


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.