सिंगापुरको चांगी एयपरपोर्टलाई विश्‍वकै सुन्दर बनाउने तयारी

सिंगापुरको चांगी एयपरपोर्टलाई विश्‍वकै सुन्दर बनाउने तयारी

एजेन्सी: सिंगापुरले चांगी एयपरपोर्टलाई विश्‍वकै सुन्दर बनाउने तयारीमा जुटेको छ। यो एयरपोर्टमा सबैभन्दा ठूलो स्टेडियम बनाइनेछ जहाँ सुन्दर रुखविरुवा लगाइनेछ। यसका साथै ठूलो आकारमा पानीको कृत्रिम झरना बनाइनेछ।

यस्तै त्यहाँ १० वटा ठूला स्टोर हुनेछ त्यसभित्र प्राकृतिक वातावरण, होटल, सपिङ सेन्टर तथा बालबालिकाको लागि पार्कको सुविधा समेत रहनेछ।

यसैगरी यो एयरपोर्टमा आउटडोर एक्टिविटीको सुविधा राखिने छ भने यहाँको आकर्षक झरनाले यात्रुलाई एयरपोर्टमा आनन्दको महसुस गराउनेछ। यहाँको झरना करीब ४० मीटर उचाइमा रहनेछ। साथै धेरै रेस्टुराँ र आराम गर्नको लागि ठाउँहरु समेत बनाइनेछ।

रातिको समयमा यो झरनामा लाइटको कलरफुल साउण्ड समेत सुन्‍न पाइनेछ। साथै एयरपोर्टभित्रै स-साना नदीहरु समेत बनाइनेछ जसले एयरपोर्टलाई प्राकृतिको जस्तै महसुस गर्न सकोस्।

सिंगापुर गार्डन सिटीको नामले चिनिएको यो एयरपोर्ट अब प्राकृतिक एयरपोर्टको रुपले विश्‍वमा चिनिनेछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.