चुनावको विरोधमा मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

चुनावको विरोधमा मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

महोत्तरी: मधेशी मोर्चाले जिल्ला निर्वाचन कार्यालय घराउ गरेका छन्। बिहान ११ बजे कार्यालयको गेटमा धर्ना दिन पुगेका उनीहरुले साँझ ५ बजेसम्मै बसेर कार्यालय घेराउ र धर्नामा बसेका हुन्।

मोर्चाको धर्ना र घेराउ कार्यक्रमले जिल्ला निर्वाचभनको कामकार्बाही प्रभावित भएको छ। मधेसी समुदायलाई संविधानमै अधिकार नदिएर स्थानीय तहको निर्वाचन गराउन खोजेको भन्दै सरकार र दलमा बसेका नेताको विरोधमा उनीहरु उत्रिउका हुन्।

धर्ना बसेपछि वैशाख ३१ गतेको लागि सरकारले तोकेको निर्वाचन तयारीको कामकाज प्रभावित भएको छ। संविधानमा संशोधन बिना चुनाव गरिए मधेशमा स्थानीय तहको चुनाव हुने नदिने र चुनावमा मधेसी मोर्चा आवद्ध कुनै राजनीतिक दलले सहभागिता नजनाउने मोर्चाले जनाएको छ।

मधेसी मोर्चाले चुनाव तयारीमै असहयोग गर्ने उद्देश्य साथ स्थानीयत तह पुर्नसंरचना अन्तर्गत महोत्तरीमा कायम भएको ३ नगरपालिका र १२ गाउँपालिका मध्ये गौशाला र जलेश्वर नगरपालिकामा तालावन्दी गर्नुको साथै १० वटा गाउँपालिकाको कार्यालयमा यस अघि तालावन्दी गरेर कामकाज ठप्प पारिसकेका छन्।

महोत्तरीमा २९ वटा दल दर्ता
महोत्तरीमा सक्रिय मध्य २९ दलले जिल्ला निर्वाचन कार्यालय जलेश्वरमा दल दर्ता गराएका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन मिति तोकेरै जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउन सूचना प्रकाशित गरेको थियो।

जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा माघ १७ गते सम्म दल दर्ता गराउने म्याद तोकिए अनुसा महोत्तरीमा २९ वटा दल दर्ता हुन आएको छ। दर्ता भएका दलहरुले मात्र यसपालिको चुनावमा सहभागीता जनाउने पाउने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अधिकृत पिंकी रायले बताइन्।

'निर्वाचन कार्यालयमा दल दर्ता गराउने दलले मात्र चुनावमा भाग लिन पाउँछन्। कोही चुनावमा भाग लिन खोजे स्वतन्त्रबाट लड्न पाउने व्यवस्था छ।' उनले भनिन्।निर्वाचन कार्यालय महोत्तरीमा दर्ता भएका २९ दल बाहेक कतिपय दल चुनावमा भाग नै नलिने अडानमा रहेको र कतिपयले दलनै दर्ता गराएका छैनन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.