एसएसबीले गोली चलाउनु नेपालमाथि भारतको सैन्य हस्तक्षेप : वैद्य
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) ले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीले नेपाली नागरिकको मृत्यु हुनुलाई स्वतन्त्र मुलुकमाथि गरिएको सैन्य हस्तक्षेपको संज्ञा दिएको छ।
चैत १४ र १५ गते बसेको पार्टीको विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै वैद्य माओवादीले यस्तो बताएको हो। उसले उक्त घटनामा भारत सरकारलाई माफी मगाउनुपर्ने बताएको छ। ‘बैठकपछि सार्वजनिक गरिएको निर्णयमा गोविन्द गौतमको परिवारलाई भारत सरकारबाट क्षतिपूर्ति दिलाउनुपर्ने समेत माग गरिएको छ।
‘कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको हत्याभएको छ। यो सामान्य हत्या मात्र नभई एक स्वतन्त्र मुलुकमाथि गरिएको सैन्य हस्तक्षेप पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा भारत सरकारलाई माफी मगाउन, पीडित परिवारलाई भारत सरकारबाट उचितक्षतिपूर्ती दिलाउन र गोलीहान्ने भारतीय सुरक्षाकर्मीलाई कारवाही गराउन नेपाल सरकारले भारत सरकार समक्ष शीघ्र कूटनीतिक पहल गरोस् भन्ने यो विस्तारित बैठक मागगर्दछ।’
सँगै वैद्य माओवादीले सप्तरीमा सुरक्षाकर्मीको गोली लागेर पाँच जना नागरिकको हत्या भएको प्रति घोर भत्सना गर्दै स्वतन्त्र नागरिक आयोग गठन गरी उक्त घटनाको छानविनको माग गरेको छ।
प्रतिक्रिया दिनुहोस !