रुसले फेरि सुरु गर्दैछ मिसाइल बोक्ने ट्रेन
एजेन्सी: रुसमा सोभियत संघ विघठन भएपछि बेवारिसे अवस्थामा फालिएको ट्रेन पुन: सञ्चालनमा आउने भएको छ। यसको लागि रुसले ट्रेनको पूर्वाधारहरु विकास गर्न प्रतिबद्धता व्यक्त गरेपछि पुन: सञ्चालनमा आउन लागिएको हो।
साथै रुसले सोभियत संघको समयमा भएका हतियारहरुलाई नयाँ तरिकाले बनाउने प्रतिवद्धता जनाएको छ। उसले यो ट्रेनलाई न्युक्लियर हतियार राखिनेछ। यो हेर्नमा ट्रेन जस्तो भए पनि दर्जन बढी मिसाइल हतियार राखिएको हुन्छ।
सोभियत युनियनको समयमा पनि यसले त्यही मिसाइलकै काम गरेको थियो। शत्रुहरुलाई झुक्याउन सोभियतले यस्तो प्रकारको ट्रेनको ुहायता लिएको थियो। यो हेर्नमा मालगाडी र मान्छे बोक्ने रेल जस्तो भए पनि भित्र मिसाइलहरु राखिएको थियो।
करीब १६देखि १८ डिब्बा भएको यो रेलको हरेक डिब्बामा मिसाइल राखिएको हुन्थ्यो भने आफै खुल्ने सिस्टम समेत बनाइको थियो।
यसमा न्यूक्लियर विपेन्सबाहेक डिब्बामा आर्मी समेत तैनाथ गरिएको हुन्थ्यो।
यसले युद्धको बेला शत्रुसँग लडाइकोलागि अग्र मोर्चामा रहेर लडाइको नेतृत्व गर्ने गर्दथ्यो।रुसको यो ठाउँमा हिउँ बोक्लो खस्ने भएकाले यहाँ मानिस बस्न गाह्रो हुने र सीमा सुरक्षा गर्न गाह्रो हुन्थ्यो।त्यही कारण सरकारले यो ट्रेनको विकास गरेको थियो।त्यतिबेला उक्त ट्रेनको गति प्रति घण्टा ८० देखि १२० किलोमिटर रहेको थियो।
![]()
तर अब रुसले यसको गति आधुनिक बनाइसकेको छ। उसले सीमा रक्षाकै लागि यसको प्रयोग गर्न लागेकफो सञ्चार माध्यमले जनाएको छ।
![]()
![]()
![]()
![]()
![]()
प्रतिक्रिया दिनुहोस !