युगान्डामा एक नेपालीको मृत्यु
![युगान्डामा एक नेपालीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dead-body-58fb3c01867c99.61526284_j1JEVPSe5V.jpg)
काठमाडौ : युगान्डामा कार्यरत एक नेपालीको शनिबार मृत्यु भएको छ।
भोजपुर जिल्ला, सलमा गाविस ९ केउरेनिपानी स्थायी ठेगाना भएका सीताराम बुढाथोकी (पासपोर्टको नाम पोस्ट बहादुर बुढाथोकी) को आफू कार्यरत कम्पनीकै कामदारसंग भएको मुठभेडमा मृत्यु भएको गैह्रआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले अन्नपूर्णलाई जानकारी दिनुभयो।
युगान्डाको कागुम्बा सुगर फार्म नामक कम्पनीमा सुपर भाइजरका रुपमा कार्यरत ३६ वर्षीय बुढाथोकीको स्थानीय कामदारसंग भएको झगडामा मृत्यु भएको हो।
थापाका अनुसार एनआरएन युगान्डाको पहलमा रोजगार दाता कम्पनी बुढाथोकीको शव नेपाल पठाउन तयार देखिएको हो। ‘उनको शव स्वदेश पठाउन आवश्यक पर्ने कागजातका लागि इजिप्टस्थित नेपाली दूतावासलाई सहयोगका लागि आग्रह गरिएको छ,’ थापाले भन्नुभयो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)