२१ बर्षीया मेयर उम्मेदवार दर्शनाको ‘चुुनाव-दर्शन’

२१ बर्षीया मेयर उम्मेदवार दर्शनाको ‘चुुनाव-दर्शन’

विवेकशील नेपाली पार्टीको महाराजगन्जस्थित केन्द्रीय कार्यालयमा एक सातायता चहलपहल बढेको छ । काठमाडौं महानगरको मेयरमा उक्त पार्टीका तर्फबाट २१ वर्षे रञ्जु दर्शनाको उम्मेदवारी घोषणासँगै मानिसको आउजाउ र भेटघाट बाक्लिएको हो । कार्यालय सजाएर झकिझकाउ पारिएको छ । देशभक्ति गीत घन्किइरहँदा आसपासको वातावरण पनि संगीतमय छ ।पातलो ज्यान, छोटो कपाल, कलिलो र मुस्कुराई रहने गोरो अनुहारकी दर्शनालाई देख्ने जोसुकैको मनमा कुरा खेल्छ, यति सानै उमेरमा यिनले महानगरको नेतृत्व सम्हाल्न सक्लिन् र ?

कुरा गर्दै जाँदा उनमा एक प्रकारको परिपक्वता झल्किन्छ । भन्छिन्, ‘धेरैलाई २१ वर्षको उमेरमा विचार नै आएको हुँदैन भन्ने लागिरहेको छ । उनीहरूले पृथ्वीनारायण शाह, मार्क जुगरबर्ग र मलाला युसुफजाईहरूलाई हेरुन् ।’ भन्छिन्, ‘म काठमाडौंकै बासिन्दा भएकाले यहाँको समस्या थाहा छ । समाधान गर्ने तरिका पनि बुझेकी छु ।’स्थानीय निर्वाचनमा युवालाई मौका नदिइएको गुनासो देशव्यापी छ । २१ वर्षे दर्शनाको उम्मेदवारी घोषणाबाट युवामा एक प्रकारको तरंग नै ल्याइदिएको छ । उनलाई शुभकामना दिँदै एमाले युवा नेता रवीन्द्र अधिकारी भन्छन्, ‘स्थानीय तहको चुनावमा आएर जनतामा परीक्षण हुनुस्, जनताको मन जित्नुस्, जनतासँग संवाद गर्नुस् ।

सबैले मिलेर देशलाई राम्रो बनाउनुपर्छ ।’ दर्शना भन्छिन्, ‘युवाले राजनीतिमा चासो राख्न जरुरी छ  । स्थानीय चुनावमा पनि कस्ता मान्छेलाई जिताउने भन्ने कुरा उनीहरूले विश्लेषण गर्न सक्नुपर्छ ।’ अझै पनि राजनीतिप्रति चासो राख्ने र सचेत युवाको देशमा कमी रहेको उनी बताउँछिन् । ‘म अहिले भएको सबैभन्दा धेरै जनसंख्याको प्रतिनिधित्व गर्छु,’ दर्शना भन्छिन्, ‘काठमाडौंको सुन्दरता अहिले हराएको छ । राम्रो काम गर्न सकिन्छ भनेर कुलमान घिसिङले प्रमाणित गर्नुभयो । यसैगरी त्यतिबेलाको ‘सुन्दरमान्डु’ फर्काउन सकिन्छ ।’

3

आफ्नो मुख्य एजेन्डा काठमाडौंको समस्या समाधान गर्नु रहेको उनको भनाइ छ । सोही कारण आफ्नो पार्टीले ‘निर्माणमा सजग, धुलोलाई थप्पड’ नारा तय गरेको उनी बताउँछिन् । काठमाडौंको मेयर जोसुकै बने पनि विज्ञको टोली सँधै सँगै हुनुपर्ने दर्शनाको ठम्याइ छ ।

देशभर युवाको माग 

मुलुकभर योग्य र सक्षम युवा नेतृत्वको चर्चा चुलिएको छ, यतिबेला । दर्शनाको उम्मेदवारी घोषणाले त्यसैको प्रतिनिधित्व गर्छ । युवाले मात्रै विकासको गति द्रुत बनाउन सक्ने भएकाले अबको राजनीति युवापुस्ताले गर्नुपर्ने काभ्रेको चौरीदेउराली २ नयाँबजारका मनोज पन्त (२५) बताउँछन् । स्थानीय चुनावमा युवालाई अगाडि सार्नुपर्नेमा धेरै सहमत देखिन्छन् । नेपाली समाजले अहिले पनि २२/२५ वर्षको युवालाई विश्वास गर्न नसकेको दर्शना बताउँछिन् । अहिलेसम्म युवालाई केही गर्न सक्दैनन् भन्दै पन्छाइएको उनको आरोप छ । भन्छिन्, ‘नेपालमा कम उमेरमा नेतृत्व लिने कुरा कल्पना पनि गरिँदैन । हामीले मौका पाए पो काम गर्न पाउँछौं त ।’

माओवादी केन्द्रसम्बद्ध वाईसीएलले त कम्तीमा ३० प्रतिशत युवा उम्मेदवारीको माग गर्दै आएको छ । ‘समृद्धिको नेतृत्व गर्न युवा चाहिन्छ । युवामा केही गराँै भन्ने इच्छाशक्ति पनि हुन्छ,’ वाईसीएल परिचालन समिति संयोजक दीपशिखा भन्छन्, ‘पुरानो पुस्ता पुरानै राजनीतिक व्यवस्थाबाट थिचिएको छ । त्यसैले उनीहरूबाट धेरै आस गर्न सकिँदैन ।’ युवाशक्ति एकैपटक उच्च राजनीतिक नेतृत्वमा पुग्न नसक्ने भएकाले स्थानीय तहदेखि नै उनीहरूलाई माथि ल्याउनुपर्ने उनी बताउँछन् । अबको निर्वाचनबाट जोस, जाँगर भएका, स्थानीयस्तरलाई बुझेका, सबैसँग मिलेर काम गर्न सक्ने मान्छे चुनिएर आउनुपर्ने एमाले युवा नेता अधिकारीको भनाइ छ ।

rabindra स्थानीय निकायको चुनावमा आएर जनतामा परीक्षण हुनुस्, जनताको मन जित्नुस्, जनतासँग संवाद गर्नुस्। सबैले मिलेर देशलाई राम्रो बनाउनुपर्छ। रवीन्द्र अधिकारी नेता, एमाले

बालाजु बस्दै आएकी ओखलढुंगा फुलबारीकी बिनु लुइँटेल पनि उनको भनाइमा सहमत देखिन्छिन् । भन्छिन्, ‘नयाँ अनुहार र विशेषगरी युवापुस्ताले जितेर आए भने उनीहरूले सर्वसाधारणको कुरा बुझ्न र विकास गर्न सक्छन् ।’यद्यपि, पाका नेताहरूको अनुभव र लगनशीलतालाई पनि नकार्न नहुने पन्तको सुझाव छ । भन्छन्, ‘अनुभव पनि महत्वपूर्ण कुरा हो । उनीहरूको अनुभवबाट सिक्दै युवाले देश विकास गर्नुपर्छ ।’ क्षमता भएका युवा नेतृत्वमा आउने हो भने मुलुकका लागि राम्रो हुने बाँके कोहलपुरका नरेश रेग्मी (२८) बताउँछन् । अझै पनि युवा स्वयं राजनीतिमा अग्रसर हुन नसकेको तरुण दलका अध्यक्ष जितजंग बस्नेत बताउँछन् ।

7

भन्छन्, ‘पढेलेखेका मान्छे राजनीतिमा आउन नखोज्ने अनि कुरा मात्रै गरेर कसरी विकास हुन्छ ?’ राजनीतिमा नयाँ आउँदै गरेका युवाले आफ्ना लागि आफैं ठाउँ बनाउनुपर्ने कुरामा अधिकारीको जोड छ । भन्छन्, ‘पुरानाले नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्छ तर युवा भनेर मात्रै हुँदैन । उनीहरूले पनि क्षमता बढाउनुप¥यो ।’ लामो समयदेखि जनप्रतिनिधि नरहेकाले गाउँ तहका समस्या एकैपटक समाधान गर्न गाह्रो रहेको लुइँटेल बताउँछिन् । भन्छिन्, ‘स्थानीयस्तरमा धेरै समस्या छन् । चुनाव हुनेबित्तिकै विकास हुन्छ भन्न सकिँदैन । क्षमतावान् युवा आउने हो भने केही हुन्थ्यो कि ।’ अहिलेको निर्वाचनमा स्थानीय तहको मतदाता मात्र उम्मेदवार हुन पाउने भएकाले चुनिएर आउने प्रतिनिधिहरूले जनताको चाहनालाई बुझ्न सक्ने रेग्मी बताउँछन् । स्थानीय मान्छे नै प्रतिनिधि भएपछि उसले आफ्नो गाउँ/क्षेत्रको समस्या बुझ्ने उनको भनाइ छ ।

अहिलेसम्म व्यक्तिगत स्वार्थ बोकेका नेताहरू नेतृत्वमा आएकाले देश विकास हुन नसकेको उनको आरोप छ । रेग्मी भन्छन्, ‘अहिलेसम्म हामीले राम्रो नेता छनोट गर्न सकेका छैनौँ । अबको स्थानीय निर्वाचनमा भोट दिँदा हाम्रो समस्या बुझ्न सक्ने नेता ठम्याउनु पर्छ ।’ स्थानीय तहलाई धेरै अधिकार दिइएकाले अब त्यसलाई उपयोग गर्न सक्ने व्यक्ति प्रतिनिधि भएर आउनुपर्ने तरुण दलका अध्यक्ष बस्नेत बताउँछन् । भन्छन्, ‘अहिले तीन पुस्ताको लडाइँ छ । यसलाई संयोजन गरेर पार्टीले टिकट दिनुपर्छ । इमानदार, चरित्रवान् र पढेलेखेका मान्छे चुनिनुपर्छ ।’

 

किन निर्वाचन ?

जनताले राज्यबाट पाउने सेवासुविधा स्थानीयस्तरमै उपलब्ध गराउन स्थानीय तहको गठन भएको हो । केन्द्रीकृत राज्य प्रणालीका कारण धेरै समय देश विकास हुन नसकेकाले स्थानीय तहलाई बलियो पार्नुपर्ने रेग्मीको धारणा छ । उनी भन्छन्, ‘स्थानीय निर्वाचन नहुने हो भने राज्यका नीति र कार्यक्रमहरू जनताले महसुस गर्नै पाउँदैनन् ।’ सदरमुकामकेन्द्रित सेवासुविधा गाउँस्तरमै उपलब्ध गराउन स्थानीय निर्वाचन आवश्यक भएको उनको बुझाइ छ । पन्त भन्छन्, ‘युद्धकालमा धेरै संरचना ध्वस्त भए । त्यसपछि पनि विकास निर्माणको काम हुन सकेन ।

5

पुनर्निर्माण र अन्य विकासे कामका लागि निर्वाचित स्थानीय एकाइ हुँदा सजिलो हुन्छ ।’ स्थानीय निर्वाचन डेढ दशकदेखि नभएकाले जनताले आफ्नो अधिकार उपयोग गर्न नपाइरहेको बस्नेत बताउँछन् । अस्थिरताले गर्दा जनताले आफ्नो अधिकारको प्रयोग जनप्रतिनिधिभन्दा कर्मचारीमार्फत् काम गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ । ‘अहिले स्थानीय निकायमा धेरै अधिकार सुरक्षित गरिएको छ । आफ्नो गाउँ आफैं बनाउँ भनिएको छ । कानुनी अधिकार दिइएको छ,’ उनी भन्छन्, ‘यो अधिकार उपयोग गर्न सकियो भने जनतालाई सुविधा हुन्छ ।

अब घरमै बसेर सबैले यसको उपयोग गर्न पाउँछन् ।’ स्थानीय तहको चुनाव भएर जनताले आफैं प्रतिनिधि छान्न पाउनुपर्ने लुइँटेल बताउँछिन् । भन्छिन्, ‘लामो समयसम्म चुनाव नहुँदा जनताले राम्रो प्रतिनिधि छान्ने मौका पाउँदैनन् । विकास निर्माणका काम रोकिन्छन् । त्यसैले पनि स्थानीय चुनाव अब रोकिनु हुँदैन ।’ स्थानीय प्रतिनिधिमार्फत् जनताको आवश्यकता सम्बोधन गर्न खोजिएकामा रेग्मीको चित्त बुझेको छ । भन्छन्, ‘एउटै पात्र, चेतना र अभ्यासलाई दोहो¥याइरहने हो भने त्यो देशका लागि फलदायी हुँदैन ।

यस्ता निर्वाचनले हामीलाई सही प्रतिनिधि छनोट गर्न सहयोग गर्छन् ।’स्थानीय तहको अधिकार फराकिलो भएकाले विकासका काम शुरु हुने पन्त बताउँछन्  । भन्छन्, ‘अहिलेसम्म नातावाद र कृपावाद चल्दै थियो । यसले गर्दा देश विकास हुनै पाएन । अब छानिएर आउने मान्छेहरूको चरित्र राम्रो होस् ।’ स्थानीय तह जनताको नजिकको सरकार भएको र यसले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाजस्ता तीन वटै अंगको अभ्यास गर्न पाउने भएकाले उत्साहित छन्, अधिकारी । भन्छन्, ‘अब जनताले सरकारलाई नजिकबाट छाम्न पाउँछन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.