पाँचौ दक्षिण एशियाली ट्राईयाथलनको उपाधि भारतका गुरुदत्तलाई

पाँचौ दक्षिण एशियाली ट्राईयाथलनको उपाधि भारतका गुरुदत्तलाई

पोखरा: पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को उपाधी भारतका गुरुदत्तले जित्‍नुभएको छ। पोखराको फेवाताल र ताल किनारमा शनिवार भएको ट्राईयाथलन च्याम्पियनसिप अन्तर्गतको महिला तर्फको उपाधि पनि भारत कै पल्लवी रेतिवालाले चुम्नु भएको छ ।

प्रतिस्पर्धामा गुरुदत्तले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि दौड ५४ मिनट ५१ सेकेन्डमा पुरा गर्दै १२ औं दक्षिण एशियाली खेलकुदमा प्रथम स्थान हात पार्नु भएका भारतीय खेलाडी दिलिप कुमारलाई पछाडी पार्दै उपाधी जित्नु भएको हो । दोस्रो हुनुभएका दिलिपले निधारित दूरी ५५ मिनेट ५९ सेकेन्डमा पुरा गर्नु भएको थियो । नेपालका बसन्त थारु तेस्रो हुदै मेडल जित्न सफल हुनु भयो । उहाँले निधारित दूरी ५६ मिनट १२ सेकेन्डमा पुरा गर्नु भएको थियो ।

महिला तर्फको प्रतिस्पर्धामा १२ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण धारी पल्लवी रेतिवालाले १ घन्टा १ मिनट ३ सेकेन्डमा निधारित दूरी पुरा गर्दै उपाधी जित्नु भएको हो । उहाँले दक्षिण एशियामा आफु उत्कृष्ट खेलाडी भएको प्रमाणित गर्नु भयो ।

दोश्रो स्थानमा नेपालकी सोनी गुरुङ्ग र तेश्रो स्थानमा १२ र्औ दक्षिण एशियाली खेलकुदमा तेश्रो स्थान हात पार्न सफल रोजा केसी हुनुभयो। सोनीले उक्त दूरी १ घन्टा ६ मिनट २ सेकेन्ड र रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्मा पुरा गर्नु भएको थियो । दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा भारत नेपाल, बंगलादेशका गरि २१ जना खेलाडीले भाग लिएका थिए ।

 

यस्तै गरि छ्रैटौं राष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा नेपाल आर्मीले पुरुष तर्फको तिनै स्थान हात पारेको छ । सेनाका बशन्त थारुले ५६ मिनट १२ सेकेन्डमा साथ स्वर्ण पदक प्राप्त गर्नु भयो । दोश्रो स्थानमा रहनु भएका हिमाल टमाटाले ५८ मिनट १ सेकेन्ड र तेश्रो स्थानमा रहेका रुद्र कटुवालले ५८ मिनट ४८ सेकेन्डमा निधारित दूरी पुरा गर्नु भएको थियो ।

महिला तर्फको राष्ट्रिय प्रतिस्पर्धामा एपिएफकी सोनी गुरुङ्गले स्वर्ण जित्नुभयो।उहाँले १ घन्टा ६ मिनट २ सेकेन्डमा निधारित दूरी पुरा गर्नु भएको थियो । दोश्रो स्थानमा रहनु भएकी रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा निधारित दूरी पुरा गर्नु भएको थियो । यसै गरि तेश्रो स्थानमा नेपाली सेनाकी यम कुमारी भुजेलले १ घन्टा १८ मिनट ५९ सेकेन्डमादूरी पुरा गर्नु भएको थियो।

च्याम्पियनसिप अन्तर्गत दुवाथलन तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका मान बहादुर थापाले ५ कि.मी.दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी दौड १ घन्टा १ मिनट र ९ सेकेन्डमा पुरा गर्दै स्वर्ण जित्नु भयो । यसै गरि एपिएफका किरण कुमार मल्लले १ घन्टा ३ मिनट र ४५ सेकेन्डमा साथ रजत र सेनाका अच्युत पराजुलीले १ घन्टा ३ मिनट र ५१ सेकेन्डका साथ कास्य पदक जित्न सफल हुनु भइको छ।

महिला तर्फ आर्मीकी मन्जुकुमारी खड्काले उक्त दूरी १ घन्टा १७ मिनट ५० सेकेन्डका साथ स्वर्ण र पुष्पाकुमारी भण्डारीले १ घन्टा १८ मिनट २० सेकेन्डका साथ रजत जित्न सफल हुनु भएको छ। यस्तै जुनियर पुरुष तर्फ काठमाण्डौका नितेश मानन्धरले १ घन्टा १ मिनट र ४१ सेकेन्डका साथ स्वर्ण, देवेश मानन्धरले १ घन्टा २ मिनट ४३ सेकेन्डका साथ रजत जित्न सफल हुनुभयो। महिला तर्फ रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डका साथ पहिलो स्थान हात पार्न सफल हुनु भएको छ ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले यस्ता खेलको माध्यमवाट अन्तर्राष्ट्रिउ पर्यटक आकर्षण गर्त सकिने बताउँदै उहाँदे पोखरालाई पर्यटकिय साहसिक खेलकुदको क्षेत्र बनाउन सरकारको तर्फबाट आफु लागि पर्ने बताउनुभयो।

विजयी खेलाडीहरुलाई लेफ्टिनेन्ट कर्णेल उज्वल थापा, बंगलादेश ट्राईयाथलन संघका महासचिव मि.महमुद, केन्द्रि उपाध्यक्ष दीपक कोईराला, कास्की जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.