एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई

एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई

 काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो विकेट जनकपुर बोल्ट्सका ललित राजवंशीले लिएका छन्। 

उनले खेलको दोस्रो ओभरको पहिलो बलमा लोकेश बमलाई बोल्ड आउट गरेका हुन्। लोकेशले ५ बलमा १ चौकासहित ५ रन बनाए। 

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गरेको छ। जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने रहेका छन्।

अहिले विराटनगरका लागि अकिब इल्यास र मार्टिन गप्टिल  क्रिजमा रहेका छन्।

नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.