बार्सिलोना र रियल दुवैको जित, उपाधि होड रोमाञ्चक

बार्सिलोना र रियल दुवैको जित, उपाधि होड रोमाञ्चक

काठमाडौं : शनिबार राती भएका ला लिगा अन्तर्गतका खेलमा उपाधि होडमा रहेका बार्सिलोना र रियल मड्रिय दुवै आ-आफ्ना खेलमा जित निकाल्न सफल भएका छन् । दुवैको जितपछि उपाधि होड झनै रोमाञ्चक बनेको छ ।

शनिबार रातिको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पानियोललाई ३-० ले पारजित गरेको छ । बार्सिलोनाको जितका लागि लुइज सुवारेजले दुर्इ गोल गरे भने इभानले एक गोल गरे । पहिलो हाफमा बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । सुवारेजले ५० औं र ८७ औं मिनेटमा गोल गरे भने इभानले ७६ औं मिनेटमा गोल गरे

Suarez pounced on a disastrous backpass from Jose Manuel Jurado to break the deadlock

त्यसैगरी शनिबार राति नै भएको अर्काे खेलमा उपाधिको बलियो दावेदार रियल मड्रिडले बलियो टोली भ्यालेन्सिया माथि २-१ को जित निकाल्यो । रियलको जितका लागि क्रिष्टियानो रोनाल्डो र मार्सेलोले एक-एक गोल गरे । रोनाल्डोले खेलको २७ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए । ८२ औं मिनेटमा भ्यालेन्सियाका पारेजोले गोल गर्दै खेललाई बराबरीमा पफर्काए । तर त्यो बराबरी धेरै समय टिक्न सकेन ८६ औं मिनेटमा रियलका लागि मार्सेलोले गोल गरेपछि रियल जितको हकदार बन्यो ।

Daniel Parejo flighted his 82nd-minute free-kick perfectly over Ronaldo's huge leap in the wall and into the top corner


दुवैको जित पछि समान ८१ अंक भएको छ । गोल अन्तरका आधारमा बार्सिलोना अगाडि भएपनि रियलले एक खेल कम खेलेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.