सेनाबाट अवकाशपछि यस्तो उद्यम

सेनाबाट अवकाशपछि यस्तो उद्यम

धनकुटा : दुई वर्ष अघिको विनाशकारी भूकम्पले जनधनसँगै नेपालको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍यायो । यसको प्रत्यक्ष असर ठूला उद्यमीदेखि ग्रामीण क्षेत्रका किसानलाई समेत पर्‍यो । त्यो बेला धनकुटाका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा ठूलो आर्थिक नोक्सानी व्यहोरे ।तीन वर्षअघि महालक्ष्मी नगरपालिका-२ मारेकका रामबहादुर पौडेल नेपाली सेनाको जागिरे जीवनबाट भर्खरै अवकाश हुनुभएको थियो । करिब २५ वर्षे जागिर पौडेलले सहसेनानी हुँदै टुंग्याउनुभयो ।

जागिरे जीवनबाट अवकाश पाएपछि उहाँ फुर्सद नै हुनुहुन्थ्यो । फुर्सदिलो समयलाई सदुपयोग गर्न र किसानले उत्पादन गरेको दूध बिक्री नभएर चिन्तित भएको अवस्थालाई उकास्न उहाँले दूध उद्योग स्थापना गर्ने अठोट लिनुभयो । नभन्दै ०७२ साल असार २३ गते महालक्ष्मी नगरपालिका-१ को दिलमाटेमा करिब ३५ लाख रुपैयाँ लगानीमा माँ लक्ष्मी डेरी उद्योग स्थापना गर्नुभयो । उद्योगबाट दुग्धजन्य पदार्थ (चीज, छुर्पी, घ्यू) उत्पादन हुन्छ ।

'आफू गाउँमै जन्मेहुर्केका कारण त्यतिवेला गाउँले किसान दाजुभाइले भोगेको समस्या टुलुटुलु हेरेर बस्न सकिनँ', उहाँले भन्नुभयो, 'किसानको समस्यालाई केही राहत दिने र आफू पनि उद्यम बन्ने सोचसाथ उद्योग स्थापना गरेँ ।'अहिले सुख्खायाम भएकाले दूध कम उत्पादन हुन्छ । त्यसैले उद्योगमा उत्पादक क्षमताभन्दा आधा मात्रै दुग्धजन्य पदार्थ उत्पादन भइहरेको उहाँले बताउनुभयो । उद्योगमा दैनिक दुई हजार लिटर दूध आवश्यक भए पनि अहिले किसानबाट एक हजार लिटर मात्रै दूध संकलन भइरहेको छ ।

 

उद्योगले अहिलेको सुख्खा समयमा मासिक १५ सय चिज, छुर्पी पाँच सय र घ्यू तीन सय ५० किलो उत्पादन गर्दै आइरहेको छ । सिजनमा भने चिज तीन हजार, छुर्पी १५ सय र घ्यू १५ सय उत्पादन गर्छ । उद्योगका लागि आवश्यक दूध महालक्ष्मी नगरपालिकाको विभिन्न वडाका साथै छिमेकी जिल्ला चित्रे, फुलेकलगायत ठाउँबाट खपत हुँदै आइरहेको छ । उद्योग रहेको स्थान दिलमाटेको मौसम बाह्रैमास चिसो हुने भएकाले चिज उत्पादनका लागि यो ठाउँ उपयुक्त रहेको पौडेल बताउनुहुन्छ ।

यहाँको दुग्धजन्य पदार्थ काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, पूर्वी तराईका बजारसँगै स्थानीय धनकुटा, हिले, सिँधुवाबजारमा समेत खपत भइरहेको पौडेलको भनाइ छ । उद्योगमा उहाँसहित अन्य दुई जना धर्म पौडेल र रुद्र गिरीको पनि सामूहिक लगानी छ । तर, पौडेल आफैंले उद्योग व्यवस्थापकीय जिम्मा सम्हालिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, 'अहिले पनि उद्योग विस्तारको क्रममा छ । आएको मुनाफालाई पनि लगानी गरिरहेका छौं ।' उद्योग सञ्चालनका लागि राष्ट्रिय वणिज्य बैंक धनकुटा शाखाबाट २० लाख रुपैयाँ ऋण लिएको उहाँ बताउनुहुन्छ । उद्योगलाई अझ विस्तार गर्न लगानी आवश्यक परेकाले धरानमा रहेको एनएमबी बैंकसँग ऋणका लागि कुराकानी भइरहेको उहाँले बताउनुभयो । उद्योगमा स्थानीय चार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.