तामाकोसी जलविद्युत् आयोजना आइतबार साँझसम्म बन्द हुने

तामाकोसी जलविद्युत् आयोजना आइतबार साँझसम्म बन्द हुने
सुन्नुहोस्

दोलखा : ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आइतबार साँझ ७ बजेसम्मका लागि बन्द हुने  भएको छ।

असोज ११ र १२ को बाढीले  माथिल्लो तामाकोसी विद्युत् केन्द्रमा क्षति गरेपछि पुस १० गतेबाट नदीको पानीको आधारमा विद्युत् उत्पादन गर्दै आएको थियो। पूर्ण क्षमतामा विद्युत् उत्पादनका लागि संरचनाको सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए। सबै काम सकेर आइतबार साँझ ७ बजेबाट विद्युत् उत्पादन थालिने उनले बताए।

हाल खोलामा भएको पानीको आधारमा विद्युत सञ्चालन भइरहेकोमा संरचनाको सरसफाइपछि पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लागि विद्युत बन्द गरिएको हो। पानीको लेवललाई अहिलेसम्म ड्यामको माथिसम्म वा समुद्री सतहबाट १९ सय ८७ सम्म पुर्‍याएको छैन। भोलिबाट १९ सय ८७ को लेवलमा पानी गइसकेपछि ४ सय ५६ मेगावाटमा नै विद्युत उत्पादन हुने प्रबन्धक रञ्जितले बताए। 

हाल बाढीले क्षति गरेको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मतपछि सञ्चालनमा ल्याएको जलविद्युत् केन्द्रले दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पनि सञ्चालनमा ल्याउने तयारी गरिएको हो। बालुवा थिग्र्याउने दुईवटा पोखरीको बीचको क्षति भएको कंक्रिट वालको काम जारी भएको र विद्युत सञ्चालन भइरहेको अवस्थामा वालमा भएको फर्मा निकाल्न नसकिने र सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरेको हो’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.