सिन्धु विकास बैंकमा आगलागी

सिन्धु विकास बैंकमा आगलागी
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामेसाँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकमा आगलागी भएको हो।

‘आगलागीबाट सिन्धु विकास बैंकको कार्यालय ध्वस्त भएको छ’, बलेफी गाउँपालिका– ८ वडाध्यक्ष रमेश श्रेष्ठले भने– ‘सँगै रहेको ग्रिल्ड सहकारीमा पनि क्षति पुगेको छ।’ आगलागी इन्भर्टरको लाइन सर्ट भएर भएको उनले जनाए। आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको श्रेष्ठले जानकारी दिए।

स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीले आगलागीका कारण के कति क्षति भयो अध्ययन गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.