१८ वर्षीय किशोरले गरे क्यान्सर पत्ता लगाउने ब्राको आविष्कार !
![१८ वर्षीय किशोरले गरे क्यान्सर पत्ता लगाउने ब्राको आविष्कार !](https://annapurnapost.prixacdn.net/media/albums/breast-cancer-detecting-bra-01-960x540-1-590b10a1f0f322.44598070_R0GN2NOvJt.png)
एजेन्सी: मेक्सिकोका १८ वर्षीय एक किशोर विद्यार्थीले स्तन क्यान्सर पत्ता लगाउने ब्रा डिजाइन गरेका छन्।
जुलियन रियो कान्टु नाम गरेका ती किशोरले आफ्नी आमा स्तन क्यान्सरबाट पीडित भएपछि ब्रा पत्ता लगाएको बताएका छन्। कलेजका जना साथीहरुको सहयोगमा ती किशोरले उक्त 'ब्रा' को डिजाइन गरिएको छ जसको नाम 'इभा' राखिएको छ।
यो इभा नामक ब्राले सजिलैसँग ब्रेस्ट (स्तन) क्यान्सर पत्ता लगाउन सकिन्छ। उनले गरेको नयाँ अनुसन्धानलाई 'ग्लोबल स्टुडेन्ट अन्टरप्रेनर अवार्ड'समेत प्रदान गरिएको छ।
किशोरले भनेका छन्, 'जसरी मेरी आमा स्तन क्यान्सरले दुवै स्तन गुमाउन पुगिन अरुको लागि यस्तो अभिशाप नहोस। यही मेरो चाहना छ।अब ब्राको मद्दतले स्तन आफ्नो सही पोजिसनमा रहन्छन्।'
यो 'इभा' नामक 'ब्रा'मा करिब २ सय ओटा बायो सेन्सर जोडिएका हुन्छन्, जसले स्तनको माथिल्लो सहतको पत्ता लगाउनुका साथै स्तनको तापक्रम, आकार तथा तौलमा हुने परिवर्तनमाथि हेरचाह गर्ने गर्दछ।
उनले यो खास ब्राले स्तन क्यान्सर पत्ता लगाउन एक हप्तामा एक घण्टाभन्दा बढी समय प्रयोग गर्नु जरुरी नरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)