नायक राज घिमिरे भन्छन्- जनताकै चाहनाले उम्मेदवार बने
चलचित्र ‘चपली हाइट’ले प्रदर्शनपछि निकै चर्चा पायो । यसले चलचित्र क्षेत्रमा ‘नयाँ स्वाद’को सुुरुआत गर्यो भन्नेहरू पनि देखिए । चलचित्रसँगै ‘हिट हिरो’का रूपमा दरिए राज घिमिरे । यसपछि उनले चलचित्र ‘भिजिलान्ते’मा अभिनय गरे । राजको पहिचान म्युुजिक भिडियोबाट पनि बनेको थियो ।
एड्रियन प्रधानको सारा खुुसी, आनन्द कार्कीको सम्झी सम्झी, रोशन गुुरुङको मलाई छोडी नजाऊ, दीपक लिम्बूको मुुटुु माग्यौ तिमीले लगायत तीन दर्जनभन्दा बढी म्युुजिक भिडियोमा उनले मोडलिङ गरिसकेका छन् । अहिले उनी आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका छन् । यही प्रसंगमा अभिनेता राज घिमिरेसँग भएको कुुराकानीको मुख्य अंश:
-कलाकार मान्छे राजनीतिमा कसरी मोह बस्यो ?
म चलचित्र क्षेत्रभन्दा अगाडिदेखि नै राजनीतिमा थिएँ । मेरो पारिवारिक पृष्ठभूमि कम्युुनिस्ट हो । त्यसको प्रभाव सानैदेखि ममा परेको थियो । चलचित्रबाट सामाजिक काम गर्न नसकेजस्तो लाग्यो, अनि म राजनीतिमा सक्रिय भएको हुुँ ।
-कलाकार र उम्मेदवार बन्दाको अनुुभूति ?
म उत्साहित छुु । गोदावरी नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा मेरो उम्मेदवारी हो । मेयरका लागि पनि मेरो नाम दुुई नम्बरमा थियो । तर, स्थानीयवासीको सल्लाहअनुुसार वडा अध्यक्षमा उठेँ ।
-राजनीतिकर्मी भएपछि सपना बाँड्न सक्नुुपर्छ भनिन्छ नि ?
सपना होइन म यथार्थमा विश्वास गर्छुु । मेरो सपना र चाहना भनेको गोदावरीलाई सुुन्दर, शान्त र आकर्षक पर्यटकीय नगरी बनाउने हो ।
-अब चलचित्र क्षेत्रमा नफर्कने ?
चलचित्रमा फर्कन्छुु । मैले राज प्रोडक्सन पनि स्थापना गरेको छुु । अभिनयसँगै चलचित्र निर्माण गर्ने सोच छ । म निकै भारी बोक्न चाहने मान्छे हुुँ । कोदाली खन्दाखन्दै हिरो भएँ । पहिचान बन्यो । त्यो क्षेत्र कसरी छाड्न सक्छुु !
-स्थानीय बासिन्दाले तपाईंलाई भोट दिने आधार के ?
म गोदावरीमै जन्मेहुुर्केको मान्छे । यो ठाउँलाई उचाइमा पुुर्याउने मेरो सपना छ । मैले सामाजिक रूपमा पनि यो ठाउँमा धेरै काम गरेको छुु । भूकम्पका बेला, १२ वर्षे मेलालगायतमा जसरी काम गरेँ, त्यसले मलाई स्थानीय नागरिकको साथ र सहयोग मिलेको छ ।
-कलाकारका रूपमा सँगालेका अनुुभव राजनीतिमा काम लाग्दा रहेछन् त ?
लाग्छ । त्यो हिरो, त्यो मोडेल, भूकम्पका बेला रातदिन खट्ने केटो उम्मेदवार छ भनेर सबै उत्साहित छन् । म रुँदा जनता पनि रुन्छन्, म हाँस्दा जनता पनि हाँस्छन् । त्योभन्दा ठूलो कुुरा के हुुनसक्छ ।
-कलाकर्मी र राजनीतिकर्मीमा के हुुन सजिलो ?
राजनीति र कला दुुवै क्षेत्रमा रुचि भएकाले म दुुवै क्षेत्रमा रमाएको छुु । मलाई कला र राजनीति परिपूरकजस्ता लाग्छन् ।
-तपाईंको करिअरमा यसपटकको चुुनावको महत्व ?
यो चुुनाव मेरो जीवन, मेरा साथमा हिँड्ने साथीभाइ र ममाथि भरोसा गर्ने गोदावरीवासीका लागि महत्वपूर्ण छ ।
-कस्तो परिणामको अपेक्षा गर्नुुभएको छ ?
मेरो जित सुुनिश्चित छ । स्थानीयवासीको साथ र सहयोगले मलाई उत्साहित बनाएको छ । सबैले यो सुुन्दर स्थानको विकास र उज्ज्वल भविष्यका लागि राजले नेतृत्व गर्नुुपर्छ भनिरहेका छन् ।