मुनको नेपाल भ्रमणको कोरियामा चर्चा
कोरिया : कोरियाका नयाँ राष्ट्रपतिले गत वर्ष गरेको नेपाल भ्रमणका बारेमा यहाँका मिडियाले प्राथमिकताका साथ समचार सम्प्रेषण गरेका छन् । मून जे इन राष्ट्रपतिमा निर्वाचित भएपछि सामाजिक सञ्जाल मार्फत कोरियामा कार्यरत नेपालीले बधाई र शुभकामना व्यक्त गरेको बेला कोरियाका प्रमूख मिडियाहरुले पनि भ्रमणको समचार छापेका हुन् । सामाजिक सञ्जाल मार्फत कोरियामा कार्यरत नेपालीले मूनले नेपालमा गरेको भ्रमणको तस्बिर राखेर बधाई दिएका हुन्।
कोरियाको वाईटिएन र केबिएस टेलिभिजनले मूनले नेपाल भ्रमणको समचार प्रकाशन प्रशारण गरेका छन् । ति मिडियाले मून राष्ट्रपतिमा जित हासिल गरेपछि नेपालीहरु खुसी भएको पनि उल्लेख गरेका छन् । मूनले नेपालमा महाभुकम्प गएपछि गत वर्षको मेमा भुकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै सहयोग पनि गरेका थिए ।
उनले लाम्टाङको पदयात्रा र भुकम्पपछिको अवस्थाका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए । त्यस्तै पाँच वर्ष अघि पनि मूनले नेपालको भ्रमण गरेका थिए । मून शान्ति र खुसीको खोजीका लागि नेपाल जाने गरेको बताइन्छ । उनी पार्टी भित्र संकट तथा व्याक्तिगत रुपमा तनाब र विवादबाट बच्न नेपालको शान्त भुमि रोज्ने गरेका छन् ।
नेपालको आर्थिक, विकास लगायतका बारे प्रत्यक्ष जानकारी भएका मून राष्ट्रपति भएसँगै नेपालले उनको कार्यकालमा फाइदा लिन सक्ने कतिपयले बताउने गरेका छन् । उनको कार्यकालमा नेपालले पर्यटन, भुकम्पपछिको पुर्ननिर्माण, पुर्वाधार र भौतिक संरचनाका लागि सहयोग र अनुदान लिन सक्ने छ ।