कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते
![कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते](https://annapurnapost.prixacdn.net/media/albums/dead-body-591e38136e9b43.06570115_XEEZipvviM.jpg)
काठमाडौं : कतारकाे दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक एवम् तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सबैमा अनुरोध गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)