किर्किरेले पाठ सिक्यो

 किर्किरेले पाठ सिक्यो

'महाशय ! तिम्रो किरे गनगन बन्द गर्छौं कि ? '
जंगली कर्कलोको छातामुनिबाट आएको तिखो आवाजले सुकुमार किर्किरेको किरिरी गीत बन्द भयो । यतिविधि मीठो स्वरमा झ्याउँकीरीको राष्ट्रिय गान गाइरहेको सुकुमार किर्किरेलाई 'गनगन बन्द गर' भनेको मन परेन । उसले रिस र बेखुसीलाई सकेसम्म प्रकट नगरी शान्त हुने कोसिस गर्‍यो । ए बाबा ! राष्ट्रव्यापी गायन प्रतियोगितामा तीन तीन पटक त उसले उत्कृष्ट गायकको पुरस्कार थापेको थियो । कसरी उसको गीत गनगन भयो ?
'माफ गर्नोस् महाशय ! यहाँलाई गीत-संगीत मन पर्दो रहेनछ । यहाँलाई मेरो गीत भैंसीको अगाडि सारंगी बजाए जस्तो भयो क्यारे !' रोक्दारोक्दै पनि Image may contain: 1 personसुकुमार किर्किरेको रिस प्रकट भयो ।
कर्कलोको छातामुनिबाट विस्तारै उज्याली जूनकीरी निस्की । केही अगाडि सरेर सुकुमार किर्किरेको सामुन्नेको भीमसेनपातीको हाँगामा बसी र केही झुकेर आफ्नो परिचय दिई ।
'नमस्ते ! म उजेली जूनू ! मेरा शब्दले यहाँलाई चोट पुगेकोमा क्षमा चाहन्छु । म अघि भनेको 'गनगन' शब्द फिर्ता लिन चाहन्छु ।'

सुकुमार किर्किरेको मनको धमिलो सङ्लो भयो । माफी मागेकाले उसको मनमा अब उजेली जूनूका विषयमा कुनै दुर्भावना बाँकी रहेन । उसले पनि मुसुक्क मुस्कुराउँदै आफ्नो परिचय दियो ।
'म सुकुमार, सुकुमार किर्किरे !' केही अगाडि सरेर उसले आफ्नो हात बढायो । उजेली जूनूले सुकुमार किर्किरेको हात आफ्ना हातमा लिई । दुवैले न्यानो 'ह्यान्ड सेक' गरे ।

सुकुमार किर्किरेले 'झ्याउँकीरीको उत्सव' शीर्षकको गीत सुसेल्यो र लगत्तै सानो टुक्रा गायो पनि ।
मुसुक्क मुस्काउँदै उजेली जूनूले ताली पिटी । सुकुमार किर्किरेले झुकेर कृतज्ञता जनायो ।
'मज्जा आयो ! यहाँको स्वर साह्रै सुरिलो रहेछ । आजको दिन अब प्रफुल्ल हुँदै बित्नेछ ' उजेली जूनूले हातले आफ्ना दुवै गाला छुँदै भनी ।

'मलाई माफ गर्नुहोस् अघिको व्यंग्यका लागि । यहाँलाई गीतसंगीतमा भैंसीभैmँ बोधो ठानेको त संगीतको असली पारखी हुनुहुँदो रहेछ ।'
विद्यालय बिदाको मौका पारेर झ्याउँकीरी प्रदेशबाट भ्रमणमा निस्केको सुकुमार किर्किरे आफ्नो प्रदेश बाहिर पहिलो प्रशंसक पाएर मक्ख पर्‍यो ।
उसले नजिकैको जंगली गुलाबको पातमा बिहानको शीत टल्किरहेको देख्यो । उडेर गई शीतको थोपा उठाएर उजेली जूनूलाई छर्किदियो । जूनू मुसुक्क मुस्कुराई ।

उसले जूनू खुसी भएको मौकामा 'शीत हो कि मोती' भन्ने गीत गाउन अनुमति माग्यो । जूनूले किर्किरेलाई परको चौरतिर इशारा गरी । केही गुनगुनको आवाज त अघिदेखि किर्किरेले सुनिरहेको थियो । उसले गीत गाउनु र त्यो आवाज बीचमा के सम्बन्ध छ भन्ने बुझ्न सकेन । उसले हातले के भनी इशाराले नै सोध्यो ।
जूनूले भनी, 'आज शनिबार हो नि त ...।” पूरा कुरा टुंग्याउन नदिई किर्किरेले बीचमै प्रश्न गर्‍यो, 'तिम्रो घरतिर शनिबार बिदाको दिन गीत गाउँन पाइँदैन हो ? '

त्यसो होइन भनेर जूनूले भनी । 'शनिबार स्कुले केटाकेटी जंगलतिर घुम्न आउँछन् । तिम्रो झ्याउँकीरी प्रदेश पो जंगलको बीचमा छ त । यहाँ त बदमास खालका केटाकेटीदेखि बँच्न पर्छ । नत्र दुःख पाइन्छ ।'
'कस्तो अचम्म !' किर्किरेले आँखा ठूलाठूला पार्दै आश्चर्य व्यक्त गर्‍यो । केही गल्ती नगरी कसरी दुःख पाइन्छ ? झन् म त गीत पो गाउँदै छु ।'

'हो तिमी गीत गाउँदै छौ । त्यही तिम्रो गीतले उनीहरूलाई आकर्षित गर्छ र उनीहरू तिमी खोज्दै आउँछन्' जूनूले भनी ।
'आहा ! त्यो त राम्रै भयो नि । झन् मैले श्रोता पाएँ । तिहारको बेलामा मैले मञ्चबाट गीत गाउँदा कति श्रोता थिए । तालीको गड्गडाहटले हाम्रो पूरै प्रदेश गुञ्जेको थियो ।'
'मञ्चबाट गाउनु र यहाँ गाउनु फरक हो । ठीक ठाउँमा ठीक कुरा गर्दा पुरस्कार पाइन्छ । त्यही कुरा अन्त गर्दा सजाएँ', जूनूले बुझाउन नसकेकोमा दिक्क मान्दै भनी ।
'गीत त जहाँ गाए पनि गीत नै त हुन्छ ! कसरी कहीँ पुरस्कार र कहीँ सजाएँ ? ' वाल्ल पर्दै किर्किरेले प्रश्न गर्‍यो ।

'तिमीले त मञ्चबाट गीत गाउँदा ताली पायौ, पुरस्कार पायौ तर त्यही गीत कक्षामा सरले पढाउँदै गर्दा गायौ भने के हुन्छ भन त ? '
किर्किरेले आफ्नो दाहिने हात देब्रे हातले मुसार्दै भन्यो, 'ओहो ! नसम्झाऊ पढाइरहेको बेला कक्षामा गीत गाउँदा के हुन्छ । अझै फिरफिरे सरले हात बटादिनुभएको याद छ । तर जूनू यो त कक्षाकोठा होइन नि । म निर्धक्क गीत गाउन सक्छु यहाँ ।'
यति भनी नसक्दै किर्किरेले 'गोधूलिमा गोठालो' शीर्षकको गीत सुरु गर्‍यो । उसको किरिर्र आवाजले पर चौरको हल्लाखल्ला शान्त भयो । गीत गाउँदै किर्किरेले जूनूलाई हेर्‍यो । जूनू उड्न तम्तैयार बसेकी थिई । उसले गीत गाउँन बन्द गर्‍यो ।

अचम्म ! गीत गाउन बन्द गर्नेबित्तिकै अघि चौरको हल्लाखल्ला किर्किरेले आफ्नो छेउमै पो सुन्यो । हत्तपत्त जूनू उडेर जंगली कर्कलोको छातामुनि पसिहाली । किर्किरेले के गरौं कसो गरौं भन्ने सोच्न नपाउँदै एउटा चिम्से केटाले लठ्ठीको झटारोले हिर्काइहाल्यो ।
धन्न झटारो किर्किरेको थाप्लोमा बज्रिएन । ऊ बसेको जंगली गुलाबको हाँगो भने लाछियो र ऊ भुइँमा पछारियो । सबै केटाहरू ताली पिट्न थाले ।

'चाँडो टिपेर बट्टामा हालौं' भनेर बट्टाको बिर्को खोल्दै दुईजना केटाहरू अगाडि बढेको देखेर किर्किरेको सातो गयो । ऊ घस्रँदै पत्करमुनि पस्यो । पत्करमुनि उसले डरले लुकिरहेको फट्याङ्ग्रो देख्यो ।
'पत्करमुनि छ, त्यहाँ हेरौं' एउटा केटोको आवाजको निर्देशन पालना गर्दै दुईजना केटाहरू पत्कर पन्छाउन लागे । एउटा केटोले दुवै हातले पत्कर सोहोर्दा पत्करसँग किर्किरे र फट्याङ्ग्रो पनि उसका हातमा आए । 'मैले पाएँ', केटो चिच्यायो र एउटा हातले हत्तपत्त फट्याङ्ग्रालाई समात्यो । त्यही मौकामा किर्किरे फुत्कियो र उत्तिसको हाँगामा बस्यो । धन्न उत्तिसको हाँगाको रङ र उसको रङ उस्तै भएकाले केटाहरूले उसलाई कत्ति खोज्दा पनि भेटेनन् ।

उसले मरेजस्तै गरी सास रोकेर केटाहरूतिर हेर्‍यो । ओहो ! केटाहरूले त बट्टामा झुसिलकिरो, किथ्रो, फट्याङ्ग्रो अनि साना साना कीराहरू टन्नै थुनेका रहेछन् । केटाहरू हाहाहुहु गर्दै पर चौरतिर लागे ।
केही समयपछि सुकुमार किर्किरे कर्कलाको पातपछाडि अलप भएकी उजेली जूनूलाई मनमनै धन्यवाद दिँदै घरतिर लाग्यो ।

आज उसलाई उजेली जूनूले हरेक कुराको समय हुन्छ, त्यो प्रस्तुत गर्ने ठाउँ हुन्छ र ठीक ठाउँमा ठीक कुरा व्यक्त गर्दा मात्र राम्रो हुन्छ भन्ने पाठ पढाएको याद आयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.