गोमा एयरको विमान दुर्घटनामा घाइते को-पाइलट मानन्धरको निधन

गोमा एयरको विमान दुर्घटनामा घाइते को-पाइलट मानन्धरको निधन

काठमाडौं : शनिबार दिँउसो लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा घाइते हुनुभएका गोमा एयरका को-पाइलट सृजन मानन्धरको निधन भएको छ । लुक्ला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुका ९ :३० बजे मानन्धरको निधन भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । काठमाडौं कलंकी निवासी मानन्धर अविवाहित हुनुहुन्यो । सन् १९९० मा जन्मिनुभएका मानन्धर गोमा एयरमा २०१५ अगस्टदेखि आबद्ध हुनुभएको हो ।उहाँको अवस्था गम्भीर रहेको थियो ।

 दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको शनिबार नै निधन भएको थियो । केही विमान दुर्घटनामा निधन भएका पाइलट रार्इ र सहपाइलट मानन्धरको मृत्य शरीर काठमाडाैंकाे टिचिङ हस्पिटलमा लगिएकाे छ भने एयरहाेस्टेस प्रज्ञालार्इ उपचारका लागि ग्रान्डी अस्पताल लगिएकाे छ ।

विमानमा चालक, सह-चालक र परिचारिका गरी तीनजना सवार थिए ।

को हुन् विमानचालक पारस ?

आकाशमा नौ हजार ६ सय ६८ घन्टा उड्दासम्म विमानचालक ४८ वर्षीय पारसकुमार राईलाई केही भएन । तर, शनिबार दिउँसो १:३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरण गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो । विमान अगाडिको भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते हुनुभयो । घाइते विमानचालक राईलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्‍याइयो तर चिकित्सकले उहाँलाई बचाउन सकेनन् । चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौं ।'


काठमाडौं बूढानीलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती, एक छोरी र एक छोरा छन् । ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा कक्षा एकमा । सन् १९६९ जनवरीमा भोजपुरमा जन्मिनुभएका राईले एसएलसी पनि भोजपुरबाटै गर्नुभएको थियो ।सन् २००० तिर हवाई उडानमा प्रवेश गर्नुभएका राई २०१४ अप्रिलबाट गोमा एयरमा आबद्ध हुनुभएको थियो ।

गोमा एयरमा आबद्ध भएपछि मात्र उहाँले एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नुभएको छ । उहाँको पाइलट लाइसेन्स नम्बर (एडीपीइएल नम्बर) २१९ हो । ट्विनअटर, डोनियर जहाज उडाइसक्नुभएका उहाँले हाल एलइटी ४१० उडाइरहनुभएको थियो । लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो ।

 विमान परिचारिका प्रज्ञा

विमान दुर्घटनामा घाइते हुनुभएकी विमान परिचारिका प्रज्ञा महर्जनको लुक्ला अस्पतालमा उपचार भइरहेको छ । दायाँ खुट्टामा चोट लागेको परिचारिका महर्जन कीर्तिपुर निवासी हुनुहुन्छ । उहाँलाई उपचारका लागि काठमाडौं ल्याउने प्रयास भए पनि मौसम प्रतिकूलताका कारण शनिबार सम्भव भएन । ०५२ सालमा जन्मिनुभएकी उहाँ अविवाहित हुनुहुन्छ । उहाँ २०१५ अक्टोबरदेखि गोमा एयरमा आबद्ध हुनुभएको हो ।

यो पनि पढ्नोस

गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना

काठमाडौं ल्याउन नसकेपछि एयर होस्टेस प्रज्ञालाई लुक्ला अस्पतालमै फर्काइयो

पाइलटद्वय र एयर होस्टेस लुक्ला अस्पतालमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.