नयाँ सरकारमा राजपा पनि : सञ्चारमन्त्री कार्की

नयाँ सरकारमा राजपा पनि : सञ्चारमन्त्री कार्की

दमक : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय जनता पार्टी (राजपा) लाई नयाँ बन्ने सरकारमा सहभागी गराउने प्रयास भइरहेको बताउनु भएको छ।

बुधबार झापाको कमल गाउँपालिकामा माओवादी केन्द्रले गरेको उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले राजपालाई पनि दोश्रो चरणको निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको जानकारी गराउनु भएको हो।

‘हामी सबैको सहमतीमा स्थानीय तहको दोश्रो निर्वाचन गछौं,’ सञ्चारमन्त्री कार्कीले भन्नुभयो, ‘त्यसका लागि नै निर्वाचनको मिति सारेका हौँ, यो निर्वाचनमा राजपाले पनि सहभागिता जनाउँछ’।

मन्त्री कार्कीले माओवादीमा राजनीतिक इमान्दारिता भएको भन्दै सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले राजीनामा दिएको उल्लेख गर्नुभयो ।

राजीनामा पछि अब कांग्रेस माओवादी गठबन्धनको अर्को सरकार बन्ने र त्यसमा राजपा पनि सहभागी गराउन पहल जारी राख्ने उहाँको भनाइ छ।

स्थानीय तहको संख्या थप्दा एमाले नमान्ने र नथप्दा राजपाले अड्को थाप्ने भएकाले अहिलेको सरकारलाई निक्कै समस्या परेको उहाँले बताउनुभयो। सञ्चारमन्त्री कार्कीले एमाललेलाई कटक्ष गर्दै जनतालाई हावाका कुरा गर्दै झुक्याएर राजनीति नचल्ने दाबी गर्नुभयो।

मन्त्री कार्कीले काम गर्ने पार्टीलाई स्थानीय तहको निर्वाचनमा जिताउन जनता समक्ष आग्रह गर्नु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.