गर्मीमा कोरियन स्टाइलतिर मोहित हुँदै युवा

 गर्मीमा कोरियन स्टाइलतिर मोहित हुँदै युवा

काठमाडौ विश्वविद्यालयमा इन्टेरीयर डिजाइन अध्ययन पुरा गरेर बसेकी अपराजिता बस्नेत ‘फेशनलाइ आर्टको एउटा रुप' हो भन्ने मान्यता राख्छिन्। यो ट्रेन्ड, त्यो ट्रेन्ड भन्दा पनि आफुलाइ जे सुहाउँछ त्यही लगाउन मन पर्ने बताउँछिन्। भन्छिन्, गर्मीमा हलुका, सजिलो, लुज खालका लुगा लगाउँछु।

कोरियन स्टाइलका कपडा एकदमै मनपर्छ। कोरीयन कपडाहरु हेर्दा आकर्षक र लगाउँदा सजिलो पनि हुन्छ।' उनी इन्टाग्राम मार्फत ‘क्लोथिगं स्टोर' हरु फलो गर्ने गरेको र त्यहाँबाट के कस्ता नयाँ फेशन आए थाहा हुने बताउँछिन्। म इन्टाग्रामबाट चल्तीका फेशन अपडेट हुन्छु, बस्नेतले भनिन्।

साच्चै पछिल्लो समय कोरीयन फेशन ट्रेन्ड पछ्याउनेको जमात निकै ठुलो भएको नखिपोट स्थित ‘द हंगकंग कलेक्सन' की संचालिका सरिता राइ बताउँछिन्। उनी भन्छिन्, ‘कोरीयन फेशनमा युवाहरु वेस्सरी झुमेकाछन्'। आठ, नौ वर्षदेखी कपडा पसल गदै आएकी राइ भन्छिन्, यस पटक कोरीयन फेशनमा पनि पीच, ब्लु र मरुन रंगका कपडाहरु युवाहरुको छनौटमा पर्यो। रंग अनुसारको फेशन ट्रेन्ड चल्न थालेको छ आजकल।

राइ भन्छिन्, कोरीयन फेशन नक्कल गर्नेको शैली ह्वात्तै बढ्नुको कारण भने आकर्षक, सजिलो र अफोर्डेबल मुल्य पनि हो। अहिले कोरीयन जम्पसुट, पाइन्ट, स्कर्ट, वान पीस धेरै चल्तीमा रहेकाछन्। कोरीयन स्टाइलका फरर परेका वान पीस युवतीहरुले धेरै नै मन पराएकाछन्।

अहिलेको स्टाइल भनेको घाँटी सम्म ट्याप्प भएका स्कर्ट, घाँटीमा खुल्ला भएका, छोटो, लामो, सबै खालका कोरीयन वान पीसहरु छन्। कोरीयन ब्रान्डहरु हेर्दा स्टाइलिस्ट र लुज हुने हुँदा गर्मिमा एकदमै शितल पनि हुन्छ। कोरीयन ड्रेसहरु कलरफुल हुन्छन्, गर्मीको लागी उत्कृष्ट खालका हुन्छन्। कोरीयन पहिरनमा मिल्ने खालका गहना (एसोसरीज) पनि हुन्छन् जसले अझै फेशनेबल देखाउँछ। उनी प्रत्येक पाँच दिनमा नयाँ नयाँ कोरीयन ड्रेस ल्याए पनि माग उतिकै भएको बताउँछिन्।

संखुवासभा, खाँदबारी स्थायी घर भएकी डायना घले, कपनमा बस्छिन्, गोल्डेन गेट कलेजमा वातावरण विज्ञान लिएर स्नातक तहमा अध्ययन गर्दै गरेकी उनी आफु जस्तै टिन उमेरका किशोरीहरु कोरीयन स्टाइलप्रति लालायित भएको बताउँछिन्।

उनी भन्छिन्, ‘कोरीयन कपडाले साच्चै नै जो कसैको ध्यान खिच्न सक्छ। किनकी कोरीयन स्टाइल सुहाउँदिलो हुन्छन्। हेर्दा चिटिक्क परेको र हामी जस्ता विद्यार्थीहरुले पनि किन्न सक्ने खालको हुन्छ। त्यस्तो महंगो हुँदैन।' उनी काठमाडौमा खुलेका पसलहरुमा कोरीयन स्टाइलका पहिरनहरु सपिगं गर्न जाने बताइन। उनले सबै भन्दा धेरै कोरीयन, वान पीस, सर्टस, लुज पाइन्टहरु मन पर्ने बताइन्।

सुवर्ण बानियाँको अनुभवले पनि यस्तै भन्छ। ललितपुरको मापाल स्थित ‘बटरफ्लाइ लेडिज वेयर' संचालन गर्दै आएकी बानियाँ भन्छिन्, आजकालका युवाहरु कता हो कता फेशन गर्न जान्ने भएकाछन्। करीब पाच वर्षदेखि पसल चलाउँदै आएकी उनको अनुसार, ‘केही वर्षदेखी कोरीयन फेशनले नेपालमा राम्रो स्थान बनाएको छ। अरुवर्ष जस्तै यो वर्ष पनि कोरीयन फेशन रुचाइएको छ।'

कोरीयन स्टाइलका फोल्डीगं पाइन्ट सबै भन्दा धेरै बिक्री गरेको बताइन्। कोरीयन सर्ट, जगर्स यानिकी तल तिर लुज भएको पाइन्ट, वान पीसहरु पनि खुब खोज्छन्। विषेशगरी भर्खरका उमेरका युवतीहरुमा कोरीयन फेशन प्रसिद्ध छ। थाइल्यान्डका कपडाहरु अलि महंगो हुन्छन् तर कोरीयन स्टाइलका कपडाहरु सस्तो र हेर्दा राम्रो हुन्छ्। पहिला सबैले लगाउँदैनथे आजकल सबैको प्रिय बनेको कोरीयन स्टाइल।

गर्मीमा उचित ‘लायक्रा'
रोजिना श्रेष्ठ, फेशन डिजाइनर, कायरा बुटिक, सिटी सेन्टर
गर्मीमा के कस्तो पहिरन लगाउने हैरान हुन्छ। गर्मिको समयमा पहिरन छनौट गर्न पनि गाह्रो हुन्छ। तर ‘कायरा बुटिक' की संचालिका रोजिना श्रेष्ठको अनुसार, गर्मीमा सबै भन्दा राम्रा कपडा भनेको ‘लायक्रा' हो। लाइक्रा एकदमै वेस्ट कपडा हो। यो कुनै पनि उमेर समुहका मानिसलाइ सुहाउँछ।

यसको राम्रो पक्ष के छ भने मोटीहरुका लागी र पालतीहरु सबैको लागी सुहाउँदिलो हुन्छ। मोटीले अलि लुज लगाउन राम्रो देखिन्छ भने पालतीहरुलाइ फिटीगं पनि राम्रो देखिन्छ। लायक्रा कपडामा चाहे अनुसारको रंग भर्न सकिन्छ र यसबाट कुर्ती, सारी, गाउन, स्कर्ट, टीसर्ट जे पनि बनाउन सकिन्छ। एउटै कपडाबाट धेरै खालको प्रयोग गर्न सकन्छ, यो धेरैको रोजाइमा परेको कपडा हो, श्रेष्ठले भनिन्।

उनको अनुसार, यतिबेलाको फेशनमा जिन्स निकै चलेको छ। ग्रन्ज पाइन्टमा पनि कुर्ती लगाएको देखिन्छ। स्टाइलिस्ट देखिनको लागी अगाडी चिरिएको लामो कुर्तीहरु निकै प्रचलनमा देखिएकाछन्। टीसर्ट, पाइन्ट, हाइपाइन्ट, वानपीसहरु धेरै लगाएको देखिन्छ दैनिक प्रयोगको लागी। बुटिकका लुगाहरु खासै प्रचलनमा हुँदैनन्।

श्रेष्ठ भन्छिन्, ‘म महंगोलाइ मात्रै राम्रो हुन्छ भन्ने सोचाइ राख्दिन, सस्तोमा पनि राम्रो बनाउन सकिन्छ। पसलहरुले ब्यापारको दृष्टिकोणबाट जस्तो पनि सुहायो भन्दिन्छन्, तर आफुले पनि विचार गर्न सक्नुपर्छ।'

वास्तवमा युवाहरुलाइ जे लगाए पनि सुहाउँछ तर चालिस कटेका र मोटीहरुलाइ कपडा मिलाउन एकदमै समस्या हुन्छ। तर फेशन डिजाइनरको काम भनेको नराम्रो लाइ राम्रो देखाउनु, जीउ नमिलेकाको लागी मिलेको पहिरन बनाउनु हो, त्यसैले म नराम्रोलाइ राम्रो बनाउनुपर्छ भन्ने सोचाइ राख्छु, श्रेष्ठले भनिन्।

गर्मीको लागी श्रेष्ठको सुझाव अनुसार, दैनिक प्रयोगको लागी, पार्टीतिर जानको लागी दिउँसो एकदमै हल्का रंगहरुको प्रयोग गर्नुपर्छ। रातीको पाटीमा गाढा रंग उचित हुन्छ। भन्छिन्, ‘गर्मीमा अफोर्डेबल मुल्यको ‘लायक्रा' एकदमै उचित हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.